मेयर राई र बेनेलक्स तथा युरोपियन युनियनका लागि महामहिम नेपाली राजदुतसंग महत्वपुर्ण भेटघाट ।

ब्रसेल्स ।

खोटांग हलेसी तुवाचुंग नगरपालिकाका नगर प्रमुख बिमला राई र बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्ग) तथा युरोपियन युनियनका लागि राजदुत महामहिम गेहेन्द्र राजभण्डारीसंग महत्वपुर्ण भेटघाट सम्पन्न भएको छ । यसै हप्ता नेपाली दुतावासको कार्यालय ब्रसेल्समा महामहिम राजदुतको कार्यकक्षमा सो भेटवार्ता सम्पन्न भएको थियो l

मेयर राईले ब्रसेल्स र बेनेलक्स तथा सिंगो युरोपमा नेपालीहरुको बसोबासको अवस्था, उनीहरूका समस्या र समाधानका उपाय साथै बिबिध पक्षका बारेमा राजदुत राजभण्डारीसंग जिज्ञासा राख्नुको साथै हलेसी तुवाचुंग नगरपालिका र ब्रसेल्स वरपरका नगरपालिकासंग भगिनी सम्बन्धका बारेमा समेत महत्वपुर्ण कुरा भएको थियो l

डेनिस सोसियल डेमोक्रेटिक पार्टी – Danish Social Democratic Party को औपचारिक निमन्त्रणामा डेनमार्क आएकी मेयर राईको डेनमार्क ज्ञान निर्माण तथा प्रविधि नवप्रवर्तनमा धेरै अगाडी रहेको त्यहाको काउन्सिल सदस्य इभासंग पनि यस अघि बार्ता भएको थियो l यहि सन्दर्भमा डेनमार्कको Technological ecosystem बुझ्न र नेपालमा सम्भावित प्रविधिको आदान प्रदानको सम्भाव्यता बुझ्न डेनमार्क प्रबिधि Danish Technological Institute (DTI) Innovation Director, Anne Maria Hansen संग समेत छलफल र अन्तरकृया पश्चात गरेकी थिइन  l

सप्ताहव्यापी भ्रमणको क्रममा Danish Social Democratic Party को निमन्त्रणामा डेनमार्क आएकी मेयर राईको उक्त पार्टीका महामन्त्री (Secretary General) लासे रिबर्ग Lasse Ryberg संग उक्त पार्टीकै संसदिय दलको कार्यालय, संसद हाउस कोपेनहेगनमा महत्वपुर्ण भेटघाट भएको थियो । उनलाई पार्टीको सिद्धान्त, विचार, व्यवस्था तथा नीति निर्माण प्रकृयाका वारेमा जानकारी समेत गराएकी थिईन  ।

युरोप भ्रमणको क्रममा हलेसी तुवाचुंग नगरपालिकाका मेयर बिमला राई ,नेपाल बिद्यार्थी संघ केन्द्रीय सदस्य बिकल राई, आदिबासी जनजाति प्रजातान्त्रिक संघ अध्यक्ष ओम घर्ति मगर लगायत नेपालको प्रतिनिधि मण्डलले डेनमार्क , नेदरल्याण्ड्स , युरोपको राजधानीको रुपमा परिचित ब्रसेल्स बेल्जियम ,जर्मनी र फ्रान्सको विभिन्न शहरहरूको भ्रमण र अबलोकन गरेका थिए  l कोपेनहेगनमा भएको अन्तरकृयाका क्रममा नेपालको पृष्ठभुमि र सन्दर्भ संगै जोडेर नयाँ युगका वल्दो समस्याहरु, climate change तथा populism संग कसरी तपाईको पार्टीले tackle गर्दैछ भन्ने बारे नेविसंघ केन्द्रीय सदस्य बिकल राईले रोचक छलफल समेत गरेका थिए।

Share