(ईनास) राष्ट्रिय कमिटि नेदरल्याण्ड्सको छैठौं अधिवेशन सम्पन्न, कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन |

नेदरल्याण्ड्स   |

अक्टुबर १, २०२३ आईतबारका दिन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) राष्ट्रिय कमिटि नेदरल्याण्ड्सको छैठौं अधिवेशन नेदरल्याण्ड्सको राजधानी आमस्टरडाममा सम्पन्न भएको छ ।

ईनास ग्लोबल अध्यक्ष पुष्प बरुवालको प्रमूख आतिथ्य र निर्वाचन संयोजक समेत रहनुभएका ईनास ग्लोबल सल्लाहकार साथै डेल्फ़ युनिभर्सिटीका सह-प्राध्यापक श्री डिपी शर्मा मैनाली, गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सका अध्यक्ष श्री थानेश्वर कँडेलको विशिष्ठ आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले कार्यकाल २०२३/२०२५ को लागि श्री डम्बर कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा श्री महेश टण्डन, उपाध्यक्षमा श्री प्रकाश गिरी, महासचिवमा श्री हरि गौतम, सचिवमा श्री एडविन नेम्वाङ्ग, कोषाध्यक्षमा श्रीमति प्रतिभा ढुङ्गाना र सदस्यहरुमा श्री कबिना खड्का र श्री निर्मोहन घोरासैनीलाई चयन गरेको छ।

त्यसैगरी सल्लाहकारहरुमा श्री थानेश्वर कंडेल र श्री द्रोण रिजाललाई मिडिया संयोजक समेत रहने गरि उक्त अधिवेशनले चयन गरेको छ | श्रीमति चन्दना खड्का कार्की, संरक्षक (कार्यकारी) र श्रीमति सरिता हुमागाई, ग्लोबल प्रतिनिधि (GCR)रहने गरि अधिवेशनले चयन गरेको छ ।

समितिमा थप अन्य सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु समितिको पहिलो बैठकबाट नियुक्त गरिने नवनिर्वाचित अध्यक्ष श्री डम्बर कोइरालाले जानकारी गराएका छन् ।

Share