महिला सशक्तिकरणको आवाज अझै बुलन्द पार्न आईसीसी महिला संयोजक पदमा देबिकाको उम्मेदवारी घोषणा |

क्यानडा |
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि हाल क्यानडा निवासी लोक गायिका देवकी खत्री अर्थात् देविका के.सी.ले महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । आउँदो अक्टोबर १७ तारिखमा हुन गईरहेको संघको ११ औं महाधिवेशनमा क्यानडाबाट प्रतिनिधित्व गर्दै गायिका केसीले दुई वर्षे कार्यकालका लागि एनआरएनए भित्र महिला सशक्तिकरणको आवाज अझै बुलन्द पार्न ‘महिला सशक्तिकरण, सबैलाई जोड्ने एनआरएनए’भन्ने नारा सहित महिला संयोजक पदमा उम्मेद्वारी दिन लागेको बताएकी हुन् |

एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी गायिका केसीले प्रवासमा रहेर लोक गीतसंगीतको माध्यमबाट नेपाली कला संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएकी छिन् । गायन पेशामा सक्रिय केसीले सामाजिक सेवाका कार्यहरु पनि गर्दै आएकी छिन् । एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागी भएर काम गर्दै आएकी केसीले नेपाली समुदायले गर्ने हरेक कार्यमा हातेमालो गर्दै नेपालमा दुःख परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकी छिन् ।

‘विदेशमा रहेता पनि म महिला दिदीबहिनीहरुका सुख दुःखसँग परिचित छु । लामो समयदेखि विदेशमा रहेका नेपाली महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेको हुँदा एनआरएन अभियानलाई साथमा लिदै महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छु :- केसी |

महिला संयोजक पदकी उम्मेदवार केसी कार्यक्रम प्रस्तोता, संचालक र लोकप्रिय लोक तथा दोहोरी गायिकाको रुपमा नेपाली समुदायमा परिचित रहेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *