आरके शर्माको बिशाल घोषणा सभा, आगामी कार्यकालका लागि प्रतिज्ञापत्र प्रस्तुत, बिश्वभरबाट ब्यापक समर्थन |

कतार (दोहा) ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्षका उम्मेद्वार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो कार्य योजनासहित २४ महिने कार्यकालमा २४ बाचा समेटेर बाचापत्र सार्वजनिक गरेका छन् । कतारको राजधानी दोहास्थित -याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन् ।

“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरे । शर्माले जारी गरेको बाचापत्रमा गैरआवासीय नेपाली (एनआरएन) हरुबीचको एकतालाई पहिलो प्राथमिकता दिईएको छ । उनले आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने दाबी गरेका छन् । उनको दोस्रो बाचा वैदेशिक रोजगार र कामदारको सुरक्षासँग सम्बन्धित छ ।

दोस्रो बाचापत्रमा भनिएको छ, “बैदेशिक रोजगारीमा जानेको संख्या घटीहाल्ने स्थिति छैन । त्यसैले, सरोकारवाला निकायसँग समन्वय गरी वैदेशिक रोजगारीमा जानेहरुलाई सिप सिकेर जानका लागि प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने छ । समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने छ ।” पछिल्लो समय बैदेशिक रोजगारको गन्तव्य मुलुकका सम्भावना बोकेका देशहरुसँग श्रम सम्झौता गर्न पहल गरिने, भाषा र स्वास्थ्यको अज्ञानताको कारण समस्यामा परेका श्रमिकहरुलाई कानुन र आधारभूत स्वास्थ्यको जानकारी निःशुल्क दिने व्यवस्था मिलाइने उनको बाचापत्रमा उल्लेख छ ।

उनको तेस्रो बाचा श्रमिक कामदारहरुको आर्थिक स्थिति सुधार्ने विषयसँग सम्बन्धित छ । विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने, साधारण शेयर (आइपीओ) मा आरक्षण दिएर श्रमिकहरुलाई बचत गर्न प्रोत्साहन गर्ने लगायतका कार्य योजनाहरु शर्माले अघि सारेका छन् ।

चौथो बाचा विप्रेषण (रेमिट्यान्स) सँग सम्बन्धित छ । रेमिट्यान्सलाई उत्पादनमुलक उद्योग व्यवसायमा लगानी गर्न प्रोत्साहित गर्ने, स्वदेशमा विद्युत् खपत बढाउने, विदेशी संस्थाहरुको डाटा सेन्टर खोल्ने र मलकारखाना स्थापना गर्ने व्यवस्था मिलाउनका लागि विशेष पहल गर्ने लगायतका प्राथमिकताहरु शर्माको छ । उनको तेस्रो बाचा श्रमिक कामदारहरुको आर्थिक स्थिति सुधार्ने विषयसँग सम्बन्धित छ । विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने, साधारण शेयर (आइपीओ) मा आरक्षण दिएर श्रमिकहरुलाई बचत गर्न प्रोत्साहन गर्ने लगायतका कार्य योजनाहरु शर्माले अघि सारेका छन् । उनको अर्को महत्वपूर्ण बाचा भनेको गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने रहेको छ ।

बाचापत्रमा भनिएको छ, “औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न, पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउनका लागि पहल गरिनेछ । यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउनका लागि पनि पहल गरिनेछ ।”

त्यस्तै छैठौं बाचा एनआरएनएको सांगठनिक पुनर्संरचना गर्ने विषयसँग सम्बन्धित छ । त्यसैगरी मानव संशाधनको विकास तथा सबलीकरण र संस्थागत सुशासन क्रमशः सातौं र आठौं बाचाहरु हुन् । नवौं बाचामा निर्वाचन प्रणालीमा सुधार गर्ने रहेको छ । नवौं बाचापत्रमा भनिएको छ, “गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्देखि अन्तराष्ट्रिय समन्वय परिषद् सम्मको निर्वाचन निकै खर्चिलो र भड्किलो हुने गरेको अनुभव गरिएको छ । सूचना तथा प्रविधिको उच्चतम् प्रयोग गर्ने व्यवस्था मिलाई उक्त प्रचलन र प्रणालीमा सुधार गरिनेछ । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अहिले डेलिगेट्सबाट नेतृत्व चयन हुने गरेकामा त्यसलाई पञ्जीकृत सदस्यले चुन्ने व्यवस्था गराइने छ ।” शर्माको बाह्रौं बाचा नेपाली वस्तुको प्रबद्र्धनमा जोड दिई निर्यात बढाउने रहेको छ ।

तेह्रौं बाचा गैरआवासीय नेपालीहरुको हकहितसँग सम्बन्धित रहेको छ । बंशजको नागरिकताको निरन्तरताको लागि पहल गरिने उनको तेह्रौं बाचा हो । देशको विकासको लागि आर्थिक कुटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने शर्माको दशौं बाचा हो । उनको एघारौं बाचामा सूचना तथा प्रविधिको अधिकतम् प्रयोग गरी विकास र समृद्धि हासिल गर्न विभिन्न योजनाहरु ल्याईने रहेको छ । विदेशका सफल कम्पनी र लगानीकर्तालाई नेपालमा लगानी गरी सफ्टवेयर निर्यात गर्ने कार्य गर्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र आइटी क्षेत्रमा लगानी भित्र्याउनको लागि यस सम्बन्धी छुट्टै विज्ञ सम्मेलन गरिने उनको कार्य योजना छ । शर्माको बाह्रौं बाचा नेपाली वस्तुको प्रबद्र्धनमा जोड दिई निर्यात बढाउने रहेको छ । तेह्रौं बाचा गैरआवासीय नेपालीहरुको हकहितसँग सम्बन्धित रहेको छ । बंशजको नागरिकताको निरन्तरताको लागि पहल गरिने उनको तेह्रौं बाचा हो ।

चौधौं बाचामा गैरआवासीय अभियानमा दोस्रो पुस्तालाई जोड्ने र दोस्रो पुस्ताबीच एक आपसमा अन्तक्र्रिया गराउने रहेको छ । पन्ध्रौं बाचामा नेपाली भाषा तथा सीपको प्रबद्र्धन र जगेर्ना गर्ने रहेको छ । सोह्रौं बाचामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) लाई बलियो र अधिकारसम्पन्न गराउने उल्लेख छ । शर्माको अर्को महत्वपूर्ण बाचा भनेको सत्रौं बाचा पनि हो । उनले विदेशमा आर्जेको ज्ञान, सीप र पुँजीलाई राष्ट्र विकासमा परिचालन गर्नका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरुमा एनआरएनए समन्वय विभागको छुट्टै व्यवस्था गर्न गराउनका लागि विशेष पहल गर्ने बताएका छन् । नेपालको पर्यटन प्रबद्र्धन गर्ने विषयसँग सम्बन्धित बाचा अठारौं रहेको छ । त्यस्तै विदेशबाट फर्किनेलाई स्वरोजगार कार्यक्रममा आबद्ध गराउन पहल गर्ने उनको उन्नाईसौं बाचा हो । बीसौं बाचामा गैरआवासीय अभियानमा लागेका अग्रजलाई सम्मान, युवा परिचालन र विज्ञबाट ज्ञान हासिल गर्ने रहेको छ । नेपालको पर्यटन प्रबद्र्धन गर्ने विषयसँग सम्बन्धित बाचा अठारौं रहेको छ । त्यस्तै विदेशबाट फर्किनेलाई स्वरोजगार कार्यक्रममा आबद्ध गराउन पहल गर्ने उनको उन्नाईसौं बाचा हो ।

बीसौं बाचामा गैरआवासीय अभियानमा लागेका अग्रजलाई सम्मान, युवा परिचालन र विज्ञबाट ज्ञान हासिल गर्ने रहेको छ । एक्काईसौं बाचामा ‘नेपाली धन, स्वदेशी श्रम, अबको उद्यम’ कार्यक्रम लागू गर्न पहल गर्ने, बाईसौं बाचामा एनआरएनएमा महिला सहभागिता बढाउने र महिला सशक्तिकरणका कार्यक्रमहरु ल्याउने रहेको छ । तेईसौं बाचामा प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध विस्तार कार्यक्रम रहेको छ भने अन्तिम तथा चौबिसौं बाचामा योजनाबद्ध कार्यक्रम कार्यान्वयन र कार्यसम्पादन मूल्यांकन गर्ने भन्ने रहेको छ । यस बाचापत्रमा भनिएको छ, “आइसिसीको चुनाव सकिने बित्तिकै हरेक कार्यक्रम लागू गर्नका लागि शुरु मिति र कार्यक्रम सम्पन्न हुने अन्तिम मिति सहितको समय तालिका र ‘कार्यसम्पादन सूचक’ उल्लेख गरिएको योजना बनाइनेछ । कार्यक्रम कार्यान्वयन गर्नका लागि एकल वा संयुक्त रुपमा जिम्मेवार हुने गरी कर्मचारी वा पदाधिकारी वा कार्यसमिति सदस्यलाई जिम्मेवारी तोकिनेछ ।”

Share