सामाजिक अभियन्ता आचार्यको एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा |

नेदरल्याण्ड्स |

लामो समय देखि एनआरएनए अभियानमा सक्रिय बर्तमान केन्द्रीय उपाध्यक्ष नारायण आचार्यले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन | आफ्नो कार्यकालको दौरानमा अभियानलाई सफल बनाउन प्रवासमा रहेका गैर आवासीय नेपालीहरुको सल्लाह र सुझावलाई मध्यनजर गर्दै आगामी दिनमा अरु सफल र सबल नेतृत्व दिन सकुम भन्ने उदेश्यका साथ बर्ष २०२३-२५ कार्यकालका लागि उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् | नेपालको बाग्लुङ्गको बढीगाउँमा जन्मिएका आचार्य बिगत लामो समय देखि परिवार सहित नेदरल्याण्ड्समा बसोबास गर्दै आइरहेका  छन् | नेपालको लोकतन्त्र प्रति आस्था र  प्रजातान्त्रिक बिचार सहित राजनीतिमा सक्रिय रहेका आचार्य सामाजिक अभियानमा पनि उल्लेख्य योगदान पुर्याउदै आएका छन | 

लोकतान्त्रिक बिचार बोकेका आचार्यले  सन् २००६ देखि प्रवासमा नेदरल्याण्ड्सबाट सामाजिक र राजनीतिक यात्रा सुरु गरेका हुन् | बिधार्थी जिवनकालदेखी सफल नेतृत्व गरि अनुभव हासिल गरिसकेका र विभिन्न संघसंस्थाहरुमा सफल नेतृत्व दिईसकेका अनुभवी आचार्य जनसम्पर्क समितिका संस्थापक अध्यक्ष साथै एनआरएनए नेदरल्याण्ड्सका पुर्व अध्यक्ष समेत रहेर सफलतापुर्वक नेतृत्व गरिसकेका छन् | बर्तमान एनआरएनए केन्द्रीय उपाध्यक्ष समेत रहेका आचार्यले एनआरएनए भित्र सुद्दिकरण र पारदर्शिता अपरिहार्य रहेको भन्दै गैर आवासीय नेपाली संघभित्र केहि बर्षदेखि देखापरेको आन्तरीक खिचातानी तथा असमझदारीलाई अन्त गरी बिदेशमा रहेका हामी सबै गैर आवासीय नेपालीहरुले आफ्नो संस्था गैर आवासीय नेपाली संघलाई आफ्नो साझा घर र सम्पूर्ण प्रवासी नेपालीहरुलाई आफ्नो साझा परिवार सम्झन सक्ने वातावरणको निर्माण गर्नुपर्ने अहिलेको आवस्यकता रहेको उल्लेख गर्दै सामाजिक न्यायको निम्ति हामीसंग धेरै मुद्दाहरु रहेको हुँदा तिनीहरुको सम्बोधन गर्दै समाधानका लागि तत्पर रहनुपर्ने बर्तमान अवस्था रहेको भन्दै आगामी बर्ष २०२३ -२५ कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् |

नागरिकताको बिषयमा उल्लेख गर्दै गैर आवासीय नेपालीहरुले नागरिकताको अभावमा सम्पतिको अधिकार उपयोग गर्न नपाएको तितो यथार्थ प्रस्तुत गर्दै त्यसकालागि लगानीको वातावरण शृजना गर्नुपर्नेमा जोड दिदै राजनीतिक र सरकारी तर्फ आफुले आफ्नो कार्यकालमा सक्दो पहल गरेको र फल स्वरूप हामी गैर आवासीय नेपालीहरुको लामो समय देखिको मांग अन्तत: सम्बोधन भएको हुनाले गैर आवासीय नेपालीहरुले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुलेको बताएका छन् | प्रवासमा बिद्यार्थी, युवा तथा महिलाहरुका अधिकार र उनीहरुका मुद्दाहरु सम्बोधन गर्न जरुरि रहेको भन्दै उल्लेख्य अवसरहरुको वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आचार्यले घोषणा गरेका छन् |

गैर आवासीय नेपाली संघको ईतिहास देखिने विभिन्न समयमा असहज परिश्थितिहरु शृजना भएको तितो यथार्थ औल्याउदै विभिन्न सम्बन्धित निकायहरु संग समन्वय, सहकार्य र छलफल पश्चात गैर आवासीय नेपालीहरुको छाता संगठनलाई एक ढिक्का भएर अगाडी बढाउन सफल भएकोमा जोड दिदै आगामी दिनमा गैर आवासीय नेपालीहरुको साझा, सक्षम, पारदर्शी एवं सबल एनआरएनए बनाउने अभियानलाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आगामी ११ औं अन्तराष्ट्रिय महाधिबेशनमा आफु उपाध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णयमा पुगेकाले सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई सहयोग र सुझावको अपेक्षा गरेको आचार्यले बताएका छन् |

Share