बेल्जियमको अन्तोर्पनमा स्व. नेम्वाङलाई सम्झिदै गरे श्रद्धाञ्जली सभा |

बेल्जियम  | 

आज १९ सेप्टेम्बर २०२३ मंगलबारका दिन नेकपा एमालेको प्रवास कमिटि प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि बेल्जियमले प्रभावसाली नेता सूवाषचन्द्र नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा गरेको छ | नेकपा एमालेका उपाध्यक्ष, संबिधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका पुर्व सभामुख तथा ईलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य साथै नेकपा एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङको यहि सेप्टेम्बर ११ तारिख सोमबारका दिन बिहान १:४० बजे उपचारको क्रममा हृदयघातका कारण त्रिभुवन शिक्षण अस्पतालमामा निधन भएको थियो | प्रभावसाली आफ्ना सालिन नेताको सम्झनामा प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि बेल्जियमले शोकसभा आयोजना गरेको हो |

नेकपा एमाले बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ ( ईसा )ले स्व. नेम्वाङको राजनीतिक जीवनी, उनको ब्यक्तित्व र सभाको बारेमा प्रकास पारेकी थिइन् | पुर्व साभामुख नेम्वाङको ७१ बर्षमा निधन भएकाले ७१ वटा दियो बालेर श्रद्धाञ्जली सभा गरिएको अध्यक्ष गुरुंगले जानकारी गराईन |

बेनेलक्सका लागि नेपाली महामहिम राजदूत गेहेन्द्रराज राजभण्डारीले ब्यक्तिगत तथा दुतावासको तर्फबाट पठाएका समवेदना संदेश सभामा जानकारी गराईएको थियो | श्रद्धाञ्जली सभामा समवेदना प्रकट गर्दै सहभागी राष्ट्रिय समावेसी आयोग नेपालका सदस्य पुष्प तिमल्सिना, ओएनएफ विश्व खेलकुद संघका उपाध्यक्ष किसन केसी र युरोपका सचिव सालिक थपलिया , सल्लाहकारहरु, नेपाल पत्रकार महासंघ युरोप शाखाका का.वा. अध्यक्ष केजिन राई, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमकी अध्यक्ष सिता सापकोटा, एनआरएनआईसीसी पुर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ , नेपाल जनप्रगतिशील मोर्चाका मेख गुरुङ , विश्व मगर संघ बेल्जियमका लोक राना मगर  , नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगर , जन प्रगतिशील मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल,  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि, जनसम्पर्क समिति बेल्जियम, कास्की समाज बेल्जियम,मोना बेल्जियम, किंरात राई सोसाईटी बेल्जियमका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपश्थिति रहेको थियो |
कार्यक्रमको संचालन प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि बेल्जियमका सचिव रुद्रमणि लम्सालले गरेका थिए |

Share