तमुधिं बेल्जियम अध्यक्षमा संगिता गुरूंग निर्बाचित |

बेल्जियम , काजाब्लांका क्यासेल्लो ।

यहीं सेप्टेम्बर १२ तारिख तमुधिं बेल्जियमको तेश्रो अधिवेशनले अध्यक्षमा संगीता गुरूंग निर्बिरोध निर्वाचित गरेको छ । हिजो तमुधी बेल्जियमको तेश्रो अधिवेशनले संगीता गुरूंग तमुस्योको अध्यक्षतामा उपाध्यक्षमा कमल तमु ( गजेन्द्र ) र आश बहादुर तमु, महासचिबमा सञ्जय तमु, सचिबमा सम्झना तमु , कोषाध्यक्षमा अन्जना तमु, सहकोषाध्यक्षमा सुष्मा तमु, सदस्यहरुमा ईन्द्र कुमारी तमु,सुमन तमु , तारा तमु र संगिता तमुलाई निर्बाचित गरेको हो  ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम्  अग्रज राम बहादुर गुरुङले अधिवेशनमा नयाँ कार्यसमितिको घोषणा गरेका थिए । नेपाली राष्ट्रिय गान र तमु राष्ट्रिय गान गाएर सुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बीरमान मगर, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, र संस्थाका अध्यक्ष प्रबिना गुरुङले संयुक्त रूपमा गरेका थिए ।

तमुधिं बेल्जियमको तेश्रो अधिबेशनलाई एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बीरमान मगर ,नेपाली जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, प्रबासी नेपाली एकता मंचका अध्यक्ष चन्द्र कुमारी गुरुङ (ईशा), नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष बिराट जोशी, नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ , नेपाली जन प्रगतिशिल मोर्चा युरोपका सल्लाहकार बिष्णु भुजेल, एनआरएनए आइसिसी सदस्य मदन दवाडी, मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरे, किरात राई सोसायटी बेल्जियमका अध्यक्ष इन्दिरा चाम्लिङ, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, किरात चुम्लुङ बेल्जियमका अध्यक्ष बदन योङहाङ, तमु धिंका सल्लाहकार राम बहादुर गुरुङ र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

तमुधिं बेल्जियमकी निबर्तमान अध्यक्ष प्रबिना गुरुङले आफ्नो कार्यकालमा भएका बिभिन्न अभियानमा सहयोग गर्ने संघ संस्था र ब्यक्तिहरु सबैलाई धन्यवाद दिएकी थिइन् । कार्यक्रममा  संस्थाको सांगठानिक प्रतिबेदन, आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । महाबिर पुनको राष्ट्रिय आविष्कार  केन्द्रलाई सहयोग गर्ने सहयोगी संघ संस्थालाई केन्द्रको प्रदान गरिएको सम्मानपत्र समेत बितरण गरिएको थियो ।अध्यक्ष प्रबिना गुरूंगको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन महासचिब कमल गुरुङ तथा स्वागत मन्तब्य उपाध्यक्ष संगिता तमुस्योले गरेकी थिईन ।

Share