बिपी जन्मजयन्तिको अवसरमा जनसम्पर्क समिति नेदरल्याण्ड्सले माननीय मन्त्रि गुरुङ संग गर्यो सात्क्षात्कार |

नेदरल्याण्ड्स  |

हिजो सेप्टेम्बर १३ तारिख बुधबारका दिन जनसम्पर्क समिति नेदरल्याण्ड्सले नेपाल सरकारका सहरी बिकाश मन्त्रि तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय सिता गुरुङ संग सात्क्षात्कार गरेको छ | महामानव विशेश्वर प्रसाद कोइरालाको ११०औ जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरिएको भेटघाट तथा छलफल कार्यक्रम माननीय मन्त्रि गुरुङको प्रमुख आतिथ्य र तरुण दलका केन्द्रीय सदस्य हेमन्त गुरुंगको बिशेष आतिथ्य सहित  समितिका अध्यक्ष सालिक गौतमको सभापतित्वमा सम्पन्न भएको थियो |

नेदरल्याण्ड्समा रहेर विभिन्न संघसंस्थाहरुमा नेत्रित्वदायी भूमिका निर्वाह गरेका प्रजातान्त्रिक विचारका व्यक्तित्वहरुको जिज्ञासाहरुको माननीय मन्त्रि गुरुंगले सम्बोधन गर्दै बिदेशमा सुनेको र देखेको टेक्नोलोजीलाई आफ्नो देशमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा गहन छलफल गरिने बताएकी छन् | बिशेष अतिथिको रुपमा  जनसम्पर्क सम्पर्क समितिका संस्थापक अध्यक्ष तथा  एनआरएन ए  केन्द्रीय उपाध्यक्ष नारायण आचार्य,जनसम्पर्क सम्पर्क समितिका पुर्व अध्यक्ष तथा  एनआरएनए नेदरल्याण्ड्सका पुर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा ( मनोहरि ),जनसम्पर्क समिति नेदरल्याण्ड्सका निवर्तमान अध्यक्ष प्रेम जंग गुरुङ,  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल, एनआरएनए नेदरल्याण्ड्सका निवर्तमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य मिम पुर्जा, एनआरएनए नेदरल्याण्ड्सका अध्यक्ष थानेश्वर कंडेल, एनआरएनए नेदरल्याण्ड्सका पुर्व बरिष्ठ उपाध्यक्ष बिष्णु पोख्रेल, जनसम्पर्क समितिका पुर्व उपाध्यक्ष डम्बर कोइराला, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव द्रोण रिजाल, एनआरएनए नेदरल्याण्ड्सको उपाध्यक्ष सिता थापा, उपाध्यक्ष दिनेश अर्याल, नेपाली व्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष अमिर देवकोटा, प्रवासी नेपाली एकता समाजका अध्यक्ष अमिर गुरुङ, व्यवसायी कल्पना कुँवर देवकोटा, गगन जंग बहादुर शिंह, रुपक रेग्मी, लगायतको उपस्थिति थियो |

भूगोल र भावनाको देश रहेको उल्लेख गर्दै प्रमुख अतिथि मन्त्रि गुरुंगले बीपीको सिद्धान्तमा समाजबादको मुख्य आधार खुल्ला अर्थतन्त्र, खुला बजार अन्तर्गतको नीतिले पनि भूगोलमा र भावनामा भएको हामी नेपालीहरुमा त्यति ठुलो दुरी नरहेको र हुनुपनि नहुने आफ्नो निस्कर्ष रहेको उल्लेख गर्दै मुलुक भन्दा बाहिर रहेका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा नछुटोस भन्नकालागि सम्बिधान मस्येउदा समितिको संयोजक कृष्ण प्रसाद सिटौला भएको बेला आफु समितिको सदस्य रहदा अन्तिम समय सम्मपनि गैर आवासीय नेपालीहरुको सुझावहरु नछुटोस भनेर कोशिस गरेको बताएकी थिइन् | संविधानले सम्बोधन गरिसकेको हुनाले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकारहरु बिदेशमा रहने नेपालीहरुले पाउने कुरामा दुई मत नरहेको तर एक पटकको नेपाली सधैको नेपाली भन्ने मार्मिक स्लोगनले सबैलाई छोएकै छ भन्दै केहि कुराहरु गल्ति पनि भएको औल्याउदै मन्त्रि गुरुंगले देश भन्दा बाहिर बस्ने जुनसुकै देशमा बस्ने नेपालीहरुलाई नेपाली देख्ने गरेको तर बिदेशमा बसेका केहि व्यक्तित्वहरुले बिचारलाई अलमलमा पारिदिने गरेको हुँदा बाहिरै बसेका सबै नेपालीहरुले एकताबद्ध भएर समन्वय, सहकार्य र दबाब लाई पनि एउटै रुपबाट अगाडी बढाउदा राम्रो हुने सुझाव दिएकी छन् |

संबिधान निर्माण गर्दै गर्दा कार्यपालिका, व्यबस्थापिका र न्यायपालिका को क्षेत्राधिकारको बिषयलाई कसरि टुग्याउने बिषय र नागरिकताको बिषयले सारै समस्या परेको बताउदै अंगिकृत, बंसज र गैर आवासीय नेपाली नागरिता प्रदान गर्ने र अधिकारको बारेमा राजनैतिक अधिकार प्रदान गर्दा बिदेशमा बसेर त्यहाँको नागरिकता लिई सकेकाहरुले नेपालमा आएर राजनीतिक नेतृत्व गर्यो भने इन्फ़्लुइन्स हुन सक्छ राष्ट्रियता खतरामा पर्न सक्छ अर्थात त्यो परिस्थति पनि आउन सक्छ भन्ने हिसाबले राजनीतिक अधिकार दिनुहुन्न भन्ने निष्कर्समा पुगेको उल्लेख गरेकी थिईन | बिदेशमा कमाएको ज्ञान, सिप र धनलाई आफ्नो देशमा लगानी गर्न अनुरोध गर्दै देश बनाउने कुरामा बिदेशमा बस्ने नेपालीहरुको पनि महत्वपुर्ण भूमिका रहने हुँदा आ-आफ्नो क्षेत्रबाट लागिपर्न अनुरोध गरेकी थिइन् |

 कार्यक्रमको संचालन जनसम्पर्क समिति नेदरल्याण्ड्सका महामन्त्री जितेन्द्र श्रेष्ठले गरेका थिए |

Share