अस्ताए नेकपा एमालेका शालीन नेता सुवाषचन्द्र नेम्बाङ |

काठमाण्डौं  |

नेकपा एमालेका शालिन नेता एवं संविधानसभा सभा अध्यक्ष सुभासचन्द्र नेम्बाङको सोमबार राति असामयिक निधन भएको छ।

नेता नेम्बाङको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ । बालुवाटारस्थित आफ्नो निवासमा बेलुकीको खाना खाएर सुतेको अवस्थामा अचानक स्वासप्रस्वासमा गम्भीर समस्या आएपछि  उनलाई तत्काल  महाराजगन्जस्थित टिचिङ हस्पिटलमा लगिएको थियो। नाजुक अवस्थामा पुगेका नेम्बाङलाई पुनर्जीवनमा ल्याउन असम्भव प्राय: भएपछि अस्पतालले मृत्यु भएको पुष्ठि गरेको थियो।

मृत्युको खबर बाहिरिएसँगै प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत कम्युनिष्ठ शिर्सस्थ्य नेताहरू अस्पताल पुगेका थिए।

Share