एनआरएनए युरोप उप-संयोजकमा बेलायतका शर्माले गरे उम्मेदवारी घोषणा |

युरोप | 

नेपालको बाग्लुंग जिल्ला स्थाई घर भई लामो समयदेखि बेलायतमा बसोबास गरिरहेका सामाजिक अभियन्ता साथै युवा व्यवसायी शशांक शर्माले एनआरएनए युरोप उप-संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् | यहि अक्टुवरमा नेपालको राजधानी काठमाण्डौंमा हुन गईरहेको गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनमा बर्ष २०२३-२५ कार्यकालको लागि हुनलागेको कार्यसमितिको निर्वाचनमा युरोप उप-संयोजक पदमा उम्मेदवारी दिने शर्माले निर्णय गरेका हुन |

शर्माले गैरआवासीय नेपाली संघ बेलायतमा निर्वाचित सह-कोषाध्यक्ष र प्रवक्ता भई २०२१-२०२३ को कार्यसमितिमा काम गरिसकेका छन् । शर्मा  गैर आवासीय नेपाली संघ बेलायत राज्य परिषदको २०१९-२०२१ को कार्यसमितिको उपाध्यक्षमा झिनो मतले उपबिजेता बनेका थिए।

युरोप उपसंयोजकमा काम गर्ने अवसरको लागी युरोपका सबै एनआरएनए डेलिगेटसहरुबाट समर्थन र भोटको लागी हार्दिक अनुरोध गर्दै शर्माले आफुले पाएको जिम्मेवारी ईमान्दारीपुर्वक निर्वाह गर्ने प्रतिवद्धता प्रकट गरेका छन् |

युरोप संयोजकको निर्देशनमा उनका कार्य योजनालाई इमान्दारिताको साथ पुरा गर्ने काममा निरन्तर लाग्ने विश्वासका साथ नागरिकताको निरन्तरता, केन्द्रिय महाधिवेशनको लागी निर्वाचित प्रतिनिधि र सदस्य संख्याको आधारमा बराबरको प्रतिनिधित्व, एनआरएनमा युबाहरुको आकर्षण जस्ता सांगठनिक मुद्धाहरुलाई केन्द्रिय कार्यसमितिमा लगी छलफल चलाउने र लागु गराउने काममा निरन्तर लाग्ने समेत प्रतिवद्धता जनाएका छन् ।

गैर आबासिय नेपाली संघको गरिमा र महत्वलाई बढाई संस्था प्रतीको बिस्वास बढाउन संस्था लक्षमुखी र पारदर्सी बनाउन जरुरी रहेकाले यसको लागी गैर आबासिय नेपाली संघको कार्यसमितीमा योग्य र अनुभवी ब्यक्तिहरुले काम गर्ने वातावरण बनाउन जरुरी रहेको ऊल्लेख गर्दै शर्माले समाजिक संघसंस्थाहरुमा संलग्न रहीकाम गरेको अनुभब लाई आफुले गैरआवासीय नेपालीहरुको एक साझा संस्था गैर आबासिय नेपाली संघमा प्रयोग गर्न चाहेकाले उक्त अवसर प्रदान गरिदिन सम्पूर्ण गैर आवाशीय नेपालीहरुलाई हार्दिक अनुरोघ गरेका छन् ।

बेलायतको साझा नेपाली समाजको महासचिव समेत रहेका शर्मा समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् | त्यसैगरी बिदेश स्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसिएशनको सचिव, क्याट युकेको सचिव, चितवन जिल्ला समाज युकेको उपाध्यक्ष ,विश्व हिन्दु युबा संघ नेपालको केन्द्रिय सदस्य एवं युरोप संयोजक भएर कुशलतापुर्वक आफ्नो पदीय जिम्मेवारी पुरा गरिसकेका छन् |

Share