डेनमार्कमा नेपाली व्यवसायी संघ गठन, अध्यक्षमा मिलन श्रेष्ठ चुनिए |

डेनमार्क |
विभिन्न कारणबाट आफ्नो मातृभूमि छोडेर प्रवासमा बसोबास गरिरहेका डेनमार्कबासी नेपाली व्यवसायीहरुको गत अगस्थ ३ तारिख आईतबारका दिन बृहद भेला आयोजना गरिएको थियो | लामो समय देखि डेनमार्कमा उच्च शिक्षा अध्ययनका लागि डेनमार्क आएका बिद्यार्थीहरुले आफुले सिकेको बिभिन्न बिधाहरुमा ज्ञान सिप र पुँजीलाई अब ब्यवसायमा रुपान्तरण गर्ने सोचले संगठनको आवश्यकता महसुस गरि नेपाली ब्यवसाय संघ गठन गरिएको छ । व्यवसायीहरुको साझा अवधारणा अनुसार ब्यवसायमा रुपान्तरण गर्ने सोचले संगठनको आवश्यकता महसुस गरि नेपाली ब्यवसाय संघ गठन गरिएको हो ।

डेनमार्कको राजधानी कोपनहेगनमा बसेको उक्त भेलाले मिलन टि. श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ | लामो समय देखी डेनमार्कमा अध्ययन अध्यापन गर्दै ब्यवसाय तथा आई टि मा लामो समय देखी काम गरिरहेका नेपालीहरुको भेलाले मिलन टि. श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चुनेको हो । त्यसैगरी उक्त भेलाले उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी, कोषाध्यक्ष कुल राज शर्मा लाई चयन गरेको छ । सदस्यहरुमा नरेन्द्र पौडेल, योगेश भट्टराई, बुद्धी सापकोटा , किसोर प्रसाई , र शुर्वण गौतमलाई निर्विरोध चयन गरेको छ भने नविन पौडेललाई संस्थाको लेखा निरिक्षकमा निर्विरोध चयन गरेको छ ।

भेलाले संघले गर्न सक्ने सम्भावित कामहरुको राय सुझाव सन्कलन गरेको र यस संस्था बिशुद्ध नेपाली ब्यबसायीहरुको एक आपसमा आपसी सेवाको उदेश्यले सुरुवात गरिएको उपाध्यक्ष शशी श्रेष्ठले जानकारी गराएका छन् । यस सस्थामा रहनुभएको सम्पूर्ण साथीहरुले डेनमार्कमा ब्याबसाय गरी रहँदा आफुले भोगेका समस्या , आफ्नो अनुभब एक अर्कोसङ्ग साटासाट गरि आगामी दिनहरुमा अगाडी बढ्न एक अर्कोलाई सजिलो होस भन्ने भन्ने मुख्य उदेश्यका साथ यो सस्था स्थापना भएको जनाईएको छ ।

संस्थाको स्थापना संगसंगै केही महत्वकांक्षी योजनाहरुको बारेमा व्यापक छलफल भएको भएको छ | जस अनुरुप नेपाली सेवा र बस्तुहरुको प्रवर्धन गर्न नेपाली वजार र नेपालीलाई डेनर्माकको बजारमा स्थापित गर्ने, आपसी सद्भाव बढाउनुका साथै आफ्ना अनुभव आदान प्रदान गर्ने ,एकै उद्देश्यका ब्यक्तिहरुको साझा भेटघाट गर्ने अवसर जुटाउने, नयाँ अवधारणाका साथ व्यवसायमा संलग्न हुन चाहने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने, सामुहिक हकहितका सुचनाहरु एक आपसमा बाढ्ने, तेस्रो व्यापारीक पार्टी संग वार्गेनिङ्ग पावर वृद्धि गर्ने अवसर जुटाउने, हामी नेपालीको पहिचान डेनमार्कको समाजमा स्थापित गर्ने जस्ता योजनाहरु कार्यन्वयन गर्ने नवनिर्वाचित अध्यक्ष मिलन टि श्रेष्ठले जानकारी गराएका छन् |

संस्थाले लिएका उदेश्यहरुलाई समय सापेक्ष लागु गर्दै आगामी दिनहरुमा नेपाली संघसस्थाहरु सँग हातेमालो गर्दै नेपाली तथा स्थानिय डेनिश कम्पनि तथा संघ सस्थाहरु सँग मिलेर ब्यबसायी तथा मानबिय सेवाका कामहरु पनी गर्ने बिशुद्ध उदेश्य सहित संस्थाको स्थापना भएको नब निर्वाचित अध्यक्ष श्रेष्ठ ले उल्लेख गरेका छन् ।

Share