नेदरल्याण्ड्समा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास तदर्थ समिति गठन, सभापतिमा ओझा चुनिए |

नेदरल्याण्ड्स | 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासमा रहेका पार्टी संग आवद्ध प्रवासी नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले विभिन्न देशहरुमा जस्तै नेदरल्याण्ड्समा पनि प्रवास सम्पर्क बिभाग अन्तर्गत अगष्ठ ३१ तारिखका दिन तदर्थ समिति गठन भएको छ | राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास केन्द्रीय विभागका तोयाराज अधिकारीको प्रमुख आतिथ्य र युरोप संयोजक भोला लामिछानेको बिशेष आतिथ्यमा भर्चुयल माध्यमबाट भएको भेलाबाट हिरण्य ओझाको सभापतित्वमा तदर्थ समिति गठन भएको हो |

रा.स्व.पा .नेपालको केन्द्रीय कार्यालय काठमाडौं सँग समन्वय गरी नेदरल्याण्ड्समा बसोवास गरिरहनु भएका अधिकांश बुद्धिजिवीहरु , व्यवसायीहरु ,समाजसेवीहरु साथै महिला र विद्यार्थीहरु लगायत सम्बद्ध व्यक्तित्वहरुसँगको लामो छलफल र बहस पश्चात सबैको सहमति र सहकार्यमा नेदरल्याण्ड्समा पनि रा .स्व .पा . प्रवास सम्पर्क बिभागको तदर्थ समिति गठन गरिएको सभापति ओझाले जनाएका छन् |

नयाँ तदर्थ समितिमा सभापतिमा हिरण्य ओझा, उपसभापतिमा अञ्जन गुरुङ,महामन्त्रीमा सोभित परियार (एस.के.),महासचिवमा ए . पि . मगर,सह – महासचिवमा निर पनेरु,कोषाध्यक्षमा चन्दना गुरुङ,सह – कोषाध्यक्षमा राज सापकोटा ,महिला संयोजकमा मनिता गुरुङ, महिला सह संयोजकमा रुबी पाण्डे,युवा संयोजकमा ज्ञान आले र युवा सह संयोजकमा रमेश चौलागाई रहेका छन् |

त्यसैगरी सदस्यहरुमा क्रमशः शेर शेरचन ,फणिन्द्र बहादुर क्षेत्री, डिल्ली कँडेल ,चेत गुरुङ, प्रदिप राज न्यौपाने ,रुपेश श्रेष्ठ, सबिन आचार्य ,शिव प्रसाद न्यौपाने, तिलक शेरचन, ओम राज गुरुङ, विशाल थापा, विनोद तन्दुकार , बल्लु श्रेष्ठ रहेका छन् |

प्रजातान्त्रिक बिधि र पद्दति मार्फत चाडै महाधिवेशनबाट नयाँ कार्यसमिति तयार गरिने र सल्लाहकार समिति सात जनाको बनाइने हुँदा हाललाई नेदरल्याण्ड्सका  व्यवशायी श्री पाण्डेलाई सल्लाहकारमा राखिएको तदर्थ समितिका सभापति हिरण्य ओझाले जनाएका छन् |

नेपालको चौथो ठुलो राजनीतिक दलको रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न देशहरु जस्तै जापान, स्पेन, बेलायत, अमेरिका, बेल्जियम, कुवेत, भारत, कतार, साउदी अरब, मलेसिया, युएई (दुबई), दक्षिण कोरिया, क्यानाडा, ईजरायल, अष्ट्रेलिया, माल्दिभ्स, माल्टा, पोल्याण्ड, रोमानिया, न्युजिल्याण्ड, ओमान, डेनमार्क, जर्मनी, लक्जम्बर्ग, अष्ट्रिया,लगायतका देशहरुमा समितिहरु बनिसकेको रा .स्व .पा .केन्द्रीय कार्यलय प्रवास सम्पर्क बिभागले जनाएको छ |

Share