नर्वेमा आयोजित क्रिकेट रनिङ शिल्ड प्रतियोगिताको उपाधि जेएसएस नर्वेलाई ।

प्रेम परियार, नर्वे ।

यही २०२३ अगस्ट १९ र २० तारिख नर्वेमा आयोजित क्रिकेट रनिङ शिल्ड प्रतियोगिताको उपाधि जेएसएस नर्वेलाई हात परेको छ । बिगत वर्ष लाई निरन्तरता तथा आफनो वार्षिक कार्य तालिका र समर सिजनको सदुपयोग गर्दै प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि -१० चौथो क्रिकेट प्रतियोगिता सफ़लताका साथ सम्पन्न भएको हो ।

नर्वेको ओस्लोस्थित क्रिंगसो खेल मैदानमा यहि अगस्ट १९ र २० दुई दिनको लागी आयोजना गरेको क्रिकेटमा ONF , (ओएनएफ) नेपाली जनसम्पर्क समिति, नेपाली पोर्चूगीज समाज (NEPOS) “सेतो बाघ ” यौंगडाडस , नेस्को ए र नेस्को , बि, गरी जम्मा ७ टिम सहभागी थिए । फ़ाईनलमा नेस्को नर्वे “ए” र नेपाली जन सम्पर्क समिति (जे.एस.एस) दुवै टिम बीच फाइनलमा पुगी कड़ा प्रतिस्पर्धा गरेका  थिए । मिहेनत र कड़ा प्रतिस्पर्धा बीच भएको सो फ़ाइनल खेलमा JSS नर्वेले ७३ रनको टार्गेटमा नेस्को “ए” ले १० ओभरमा ५८ रन मात्र बनाऊन सफल भै उपविजेता बनी दोस्रो उपाधि हातपार्न सफल भएको छ ।

नर्वेमा स्थापित नेपाली संघ संस्था बाट जम्मा ७ टिम सहभागी रहेको प्रतियोगितामा नेस्को उपबिजेता बनेको हो। प्रतियोगितामा जेएसएस नर्वेक़ो सुशील शर्मा टूर्नामेण्ट सेरिज’ घोषित भएका छन । बेस्ट अफ़ द टूर्नामेण्ट ” बेस्ट ब्याट्स सेतो बाघ” टिम बाट मनोज सुबेदी घोषित हुनु भएको छ ।

खेल सम्पन्न पश्चात सहभागी खेलाडी विभिन्न संघ संस्थाका प्रतिनिधि , प्रमुख अतिथि ग़ैर आवासीय नेपाली संघ नर्वेका अध्यक्ष बिष्णु गौतम , नवनिर्वाचित आईसीसी सदस्य पवित्र बस्नेत, र जन प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा बिजयी टिमलाई नगद , ट्रफी , शील्ड र प्रमाण पत्र वितरण गरिएको थियो ।

नेपाली संघ संस्थाले आयोजना ग़रेको कार्यक्रममा हाम्रो ऐक़्यबद्वता रहनुले आत्मीय सद्भाव र भाईचाराको सम्बन्ध मजबुत हुने उदेश्यले ONF द्वारा आयोजना गरिएको यो चौथो वार्षिक कार्यक्रम हो । ONF नर्वेका अध्यक्ष मनोज अधिकारीले विभिन्न माध्यम द्वारा सहयोग गर्नु हुने संघ संस्था, र सक्रिय सहभगिताले कार्यक्रम सफल रहेको भनि धन्यबाद ब्यक्त गर्नु भयो ।

संयोजक प्रकाश पौडेलले सहभागी खेलाडी र अन्य उपस्थित जनसहभागिता प्रति आभार ब्यक्त गर्दै  हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको थियो भने सहभागीहरुलाई आयोजक ONF ले नेपाली परिकार सहितको ख़ानाको निःशुल्क ब्यबस्था गरिएको सो प्रतियोगीतामा करीव २०० जनाको सहभागीता रहेको कार्यक्रम पूर्ण सफलताका साथ सम्पन्न भएको थियो |

Share