मेरो डान्स युनिभर्सको उपाधि खुसि कार्की र मेरो भोइस युनिभर्सको उपाधि प्रितम राईले जित्न सफल |

काठमाण्डौ, भाद्र २ |

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायी डिल्ली अधिकारी लगायतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यले अमेरिकामा मुख्यालय रहने गरि स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपाली भाषीहरु बिच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको थियो । उक्त फाउण्डेशनले नेपालको ईतिहासमा सबैभन्दा ठुलो रकम एक करोड रुपियाँको धनरासी भएको प्रथम पुरस्कार सहितको डान्स तथा गायन रियालिटी शो आयोजना गरेको थियो जस्को नेपाल टेलिभिजनको भगिनी प्रशारण संस्था एनटिभि प्लसले प्रसारण गर्दै आएको थियो | सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भाद्र २, अगष्ट १९ तारिख भएको ग्राण्ड फिनालेमा एनटिभि प्लस लगायत अन्य तिन वटा राष्ट्रिय टेलिभिजनहरुले कार्यक्रम प्रत्यक्ष प्रसारण गरेका थिए |

गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गरेका थिए । त्यसै गरि चौथो र पाँचौ हुनेलाई पनि जनही पाँच लाख पचास हजार र आकर्सक पुरस्कारको व्यवस्था गरिएको थियो | त्यस्तै कल्चरल नृत्य समूहका विजेतालाई नगद तथा आकर्षक पुरस्कारको पनि  व्यवस्था गरिएको थियो ।

विभिन्न देशहरुबाट उल्लेख्य शंख्यामा उक्त दुई प्रतियोगितामा प्रतियोगीहरुले गायन र नृत्यमा भाग लिएका थिए | विभिन्न चरण पार गर्दै दर्सकको भोटको आधारमा नृत्य तर्फ ५ जना र गायन तर्फ ५ जना अन्तिम प्रतिस्पर्धामा चयन भएका थिए | विभिन्न चरणहरुमा विभिन्न भाषा र संस्कृतिको प्रवर्धन गर्ने हेतुले विभिन्न समुहको ग्रुप नृत्य कल्चरल ग्रुप डान्स प्रतिस्पर्धाको रुपमा राखिएको थियो | सोहि अनुरुप नगद बिस लाख प्राप्त गर्दै नेपाल पुलिस बिजेता भएको छ भने नगद दश लाख प्राप्त गर्दै धरान नृत्यकला प्रतिष्ठान फस्ट रनरअप र नगद ५ लाख प्राप्त गर्दै भारती पिक्चर ग्रुप सेकेन्ड रनरअप भएको छ |

गायन तर्फ भोइस युनिभर्सको ताज प्रितम राईले जित्न सफल भए भने फस्ट रनरअप सिसिर ठटाल,सेकेन्ड रनरअप सरद हुमागाई,थर्ड रनरअप परेस राई र फोर्थ रनरअप साहिराज खाती भएका छन् | त्यसै गरि नृत्य तर्फ मेरो डान्स युनिभर्सको उपाधि थाईल्याण्डकि खुसि कार्कीले हात पर्न सफल भईन भने फस्ट रनर अप बेल्जियमकी देवी गर्वुजा मगर,सेकेन्ड रनरअप निम्मा नि लेप्चा,थर्ड रनरअप स्वास्ती परियार र फोर्थ रनरअप मेल्सन लुम्ली मगर भएका छन् | कार्यक्रममा सबै बिजेताहरुलाई नगद र आकर्सक पुरस्कारहरु दिइएको थियो |

नृत्य तर्फ निर्णायकहरुमा मिथिला शर्मा, केकी अधिकारी,दिलिप रायमाझी,शंकर बिसी,प्रियंका कार्की र निर्माण राई तथा डान्स कोरियोग्राफीहरु नम्रता केसी,दिवस गिरि,केवीका खत्री,प्रशान्त तामांग,सुदन खड्का रहेका थिए | भोइस युनिभर्सको निर्णायकहरुमा दिप श्रेष्ठ,सुरेश अधिकारी,शिव परियार,अन्जु पन्त,सुजाता वर्मा र पुस्पम प्रधान रहेका थिए भने कोचेचहरुमा श्री केसी, संकर थापा स्माईल, निशा देसार, प्राश्ना शाक्य, लावण्य चक्रवर्ती,भविन ढुंगाना रहेका थिए |

Share