नेपाली कला र संस्कृतिको प्रवर्धन गर्दै नेदरल्याण्ड्सको राजधानीमा नेपाल डे मनाईदै |

नेदरल्याण्ड्स    |  सेप्टेम्बर १०, २०२३ का दिन नेपाल नेपाल म्युजिक फाउण्डेशन, नेपाली व्याबसायी संघ र नेपाल बिकास प्रतिष्ठानको मुख्य आयोजनामा नेदरल्याण्ड्सको राजधानी आमस्टरडाममा नेपाली कला संस्कृति र मौलिकता झल्काउने गरि नेदरल्याण्ड्समा बसोबास गर्ने आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु साथै नेपाललाई माया गर्ने डच नागरिकहरुलाई समेत लक्षित गर्दै नेपाल डे मनाउने भएको छ |

नेपाली कला र संस्कृतिको प्रवर्धन गर्ने हेतुले दुई राष्ट्र बिचको मैत्री सम्बन्ध अझ प्रगाढ बनाउने र नेदरल्याण्ड्समा बसोबास गर्ने गैरआवासिय नेपाली संघ साथै अन्य राजनीतिक तथा सामाजिक संघसंस्थाहरु र स्थानिय डच संघसंस्थाहरुको सहकार्य मजबुत बनाउने उदेश्यले नेपाली राजदुताबास,नेपाली कन्सुलेट र आमस्टरडाम नगरपालिकाको सहकार्य रहने गरि नेपाल डे को आयोजना गरिएको कार्यक्रमका संयोजक श्री शशिकान्त पौडेलले जानकारी गराउनु भएको छ | नेदरल्याण्ड्स स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुको पनि सहकार्यको अपेक्षा राखिएको र उल्लेख्य रुपमा उपश्थिति जनाएर कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नका लागि आव्हान गरिएको संयोजक पौडेलले जानकारी गराउनु भएको छ |

 

गौतम बुद्धको जन्मथलो र संसार कै उच्च शिखर सगरमाथा झल्किने गरि गौतम बुद्धको आदर्श तथा जीवनशैली र विना अक्सिजन सगरमाथा आरोहण गर्दा खेरिको फिल्मको पनि प्रदर्शनी गरिने भएको छ । नेपाल म्युजिक फाउण्डेशनले नेपाली कला संस्कृति र परम्परालाई डच समुदायको सामु पुग्ने गरि नेपाली नृत्य, संगीत र भेषभुषा पनि प्रदर्शनी गर्ने भएको छ ।

 

सांस्कृतिक, जातियता र लैङ्गिक रुपले अनेकतामा एकताले भरिपूर्ण मुलुकको गौरवशाली पहिचानको प्रवर्धन गर्न गुरुङ तथा तामांगको कला, संस्कृति र संस्कारको पनि पर्दर्शनी गरिने भएको छ । कार्यक्रमलाई नेपालीमय बनाउन विभिन्न संघसंस्थाहरुमा आवद्ध सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आ-आफ्नो मौलिकता झल्किने गरि भेषभुषा सहित कार्यक्रममा उपस्थित भैदिनु हुन आयोजक संघसंस्थाहरुले बिशेष अनुरोध रहेको पनि जानकारी गराएका छन् ।

नेदरल्याण्ड्समा रहेका डच नागरिकहरु जसले नेपाल र नेपाली समुदायलाई बिशेष योगदान पुर्याएका छन् तिनीहरु साथै नेपाली समुदायका आदरणिय सामाजिक ब्यक्तित्वहरु जसले सामाजिक, एकेडेमिक तथा परोपकारी क्षेत्रमा रहेर उल्लेखनिय भूमिका निभाउनु भएको छ उहाँहरुलाई नेपाली राजदुताबासको तर्फबाट बिशेस सम्मान गरिने आयोजकले जनाएको छ । ‘नेपाल डे’ कार्यक्रम नेपाल र नेपालीको लागि भएकोले बिगतमा जस्तै यस कार्यक्रम पनि सबैको साथ र समर्थनले रहने अपेक्षा आयोजक समितीले गरेको छ । कार्यक्रम स्थलमा पार्किंग सुबिधा निशुल्क भएको र कार्यक्रम प्रवेस निशुल्क गरिएको कार्यक्रम संयोजक श्री शशिकान्त पौडेलले जानकारी गराउनु भएको छ ।
आयोजकका अनुसार कार्यक्रम आमस्टरडामको थिएटर हल (‘t Zonnehuis) Zonneplein 29, Amsterdamमा अपरान्न १२:३० बजेबाट शुरु भै साँझ १८:०० बजे समाप्त हुने जनाइएको छ ।

Share