भाषा र संस्कृति हाम्रो पहिचान संरक्षण र सम्वर्द्धनका निम्ती निरन्तर अभियानका साथ जर्मनीमा उंभौली पर्व सम्पन्न |

प्रेम पोमु जर्मनी, |

नेपाली भाषा, कला, संस्कृतिलाई संरक्षण,सम्बर्द्धन र प्रवर्धन, गर्न कै निम्ति येले तङ्बे ५०८३ उभौली पर्व सिसेक्पातङनाम यही-०५-अगष्ट-२०२३ मा किरात याक्थुङ चुम्लुङ हाम्बर्ग जर्मनीको आयोजनामा सम्पन्न भएको छ । चुम्लुङ अध्यक्ष प्रेम पोमुको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई द्वय महासचिव सृजना लिम्बु ,सचिव भावना लिम्बुले संञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित नेपालीहरुका विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई अतिथिको रुपमा आसन ग्रहण गराएर अध्यक्ष प्रेम पोमु, महासचिव सृजना लिम्बु, कोषाध्यक्ष रुपा लिम्बु द्वारा खादा ओडाएर सम्मान गरिएको थियो भने नेपाल देखी आउनु भएका जेष्ठ नागरिक बेनु बहादुर लिम्बुले दिप प्रजलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । समारोहका केन्द्रिय सदस्य सृजना सुब्बाले सबैलाई स्वागत गर्नुभएको थियो ।

किरात समुदायमा प्रचलित चाड सिसेक्पातङनाम उभौली पर्व प्रकृति र पित्रीको पुजा अर्चना गरेर च्याब्रुङ ढोल झ्याम्टाको तालमा गाउँदै हर्शोल्लासका साथ सामुहिक रुपमा नाच्दै मनाउने गरिन्छ । नयाँ बालि लगाउने र लगाइएको बालि सप्रियोस विश्वभरि नै सहकाल होस देशमा शान्ति सुरक्षा र अमनचयन दैवी तथा प्राकृतिक प्रकोप नपरोस भन्ने उद्देश्यले किरातहरुले यो पर्व मनाउने गरेको पाइन्छ ।

किरात समुदायको गौरवान्वित आफ्नो नेपाली मौलिक परम्पराको उत्थान भाषा, कला, संस्कृति भेषभुषा, किरात भोज जस्ता रितीरिवाजको संरक्षण, सम्वर्द्धन र प्रवर्धन साथै दिगो बिकास गर्दै जाने प्रवासमा जन्मिएका नयाँ पुस्तामा पुस्तान्तरण गर्ने तथा बिदेशी नागरिकहरु माझ नेपाली कल्चर सम्बन्धी परिचय गराउदै लैजाने उद्धेश्यले यस कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष प्रेम पोमुले बताउनुभयो ।

कार्यक्रमलाई संगीतमय बनाई पूर्णरुपमा मनोरंजनका साथ आ-आफ्ना प्रस्तुति सहित गायक भिम सुनुवार, गायक मिन सुब्बा, नृत्य कलाकार समिक्षा सुनुवार, स्वप्लिन सुनुवार, एल्बिन पन्थी, अनुष्का सुबेदी, परी छ्न्त्याल, अग्रता पन्त, नेपाली पाठशाला, मयेरोन लामा लगायतका कलाकारले भरपुर मनोरन्जन दिएका थिए ।

उक्त कार्यक्रमलाई सफल बनाउन आफु र आफ्ना संस्थाका परिवारलाई सहभागी गराई दिनु हुने विशेष अतिथीहरु एनआरएनए एल. सि. सि. हाम्बर्गका संयोजक कल्पना वाग्ले, नेवा समाज हाम्बर्गका अध्यक्ष मानब कुमार श्रेष्ठ, तमु समाज हाम्बर्गका अध्यक्ष सुन्दर तमु , मगर समाज हाम्बर्गका अध्यक्ष कमल थापा, तामाङ्ग समाज हाम्बर्गका अध्यक्ष सन्तोष लामा, प्रवासी नेपाली एकता समाज जर्मनीका महासचिव अर्जुन ओली, नेवा समाज हाम्बर्गका संरक्षक चिरन कुमार श्रेष्ठ, मिलन केन्द्र हाम्बर्गका पूर्वध्यक्ष छिरिङ्ग शेर्पा , प्रवासि नेपाली मन्च अन्तराष्ट्रिय कमिटिका केद्रिय सदस्य पासाँग शेर्पा , NFCH Hamburg का अध्यक्ष हरी भणडारी ज्यु,नेपाली पाठशाला हाम्बर्गका संचालिका बिन्द्रा कार्की, सुनिता राई , W.N.O. शाखा जर्मनीका अध्यक्ष कुमार नापित , अभिनेत्री बिष्णु मल्ल , फोटोग्राफर दिवस गुरुङ ,अन्य विभिन्न संघ संस्थाबाट पाल्नु भएका प्रतिनिधिहरु,काउन्टरमा सहयोग गर्नु हुने बिजय थापा , नान्जु लामा, रेजिना शेर्पा, सुजन राई , बारमा पूर्ण रुपमा सहयोग गर्नु हुने बिकाश श्रेष्ठ, लोकराज क्षेत्री साथै कलाकारहरु,Soundsysteme मा सहयोग गरेर कार्यक्रमलाई रोचक तथा संगीतमय बनाई दिनु भएकोमा बेल गुरुङ्ग,आयोजक कमिटीमा अहोरात्र खटिनु भएका एल बि सुब्बा, प्रेम पोमु , रुपा लिम्बु , सृजना लिम्बु , सृजना सुब्बा,भावना लिम्बु , दिल मायाँ वनेम, छत्र नयोङ, पूर्ण शंकर नयोङ लगायत सम्पूर्णमा किरात याक्थुङ चुम्लुङ हाम्बर्ग जर्मनी हार्दिक कृतज्ञता ब्यक्त गरेको छ । साथै नेपाली पाठशालाको तर्फबाट नेपाली राष्ट्रिय गानमा प्रस्तुति दिनु हुने साना साना भाईबहिनीहरूप्रति मायाँ एवं सम्मान ब्यक्त गरेको थियो ।

 

Share