केजिन राई, बेल्जियम, काजाब्लान्का क्यासेल्लो l
बेल्जियमको क्यासेल्लोमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा हिजो २९औं विश्व आदिबासी दिवस भव्यताका साथ सम्पन्न भएको छ l पहिचान र अधिकार सुनिश्चितताका लागि आदिबासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि महामहिम राजदुत श्री गेहेन्द्र राज राजभण्डारी प्रमुख अतिथी हुनुहुन्थ्यो l प्रमुख अतिथी राजदुत राजभण्डारीले विश्व आदिबासी आदिबासी दिवस संसारभरका आदिबासीहरूको उत्सवको रूपमा मनाईने बताउदै अन्तराष्ट्रीय महासन्धि आईएलओ १६९ जेनेभा कन्भेन्सनबाट पारित अगष्ट ९ को शुभकामना दिनु भयो l
बेल्जियममा आजको दिन धेरै देशका आदिबासीहरुले फरक ढंगले फरक ठाउँमा यो दिवस मनाई रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले परदेशमा समेत भूमे नाच , साकेला सिली , च्याब्रुंग ,नोको बांगे लगायत ठेट नेपाली संस्कृति पस्किएर उत्सबको रूपमा नेपाली आदिबासी जनजाति एक ठाउँमा भेला भएर मनाउनु अविष्मरणीय रहेको उल्लेख गर्दै यसलाई जिवन्त राख्न सुझाब दिनु भयो l
नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरको अध्यक्षतामा सम्पन्न आदिबासी दिबसमा उपस्थित सबैलाई उपाध्यक्ष मुना राईले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो l कार्यक्रममा सहआयोजक तामांग समाज अध्यक्ष राम लामा , मगर समाज अध्यक्ष लोक राना , पाशा पुच महासचिब शुर्य नारायण श्रेष्ठ, तमु समाज अध्यक्ष होम गुरुङ , किरात राई सोसाईटी अध्यक्ष इन्दिरा राई ,याक्थुम चुम्लुंग अध्यक्ष बदन लिम्बु , शेर्पा समाजका संरक्षक पेम्बा गेल्बु शेर्पा लगायतले आआफ्नो सस्कारहरूको बर्णन गर्दै नृत्य प्रस्तुत गर्नु भएको थियो l
परम्परागत आदिबासी पहिचान झल्कने पोशाकमा सजिएका आदिबासी नेपालीहरूले साकेला सिली , च्याब्रुंग , नोको बांगे लगायत नृत्यहरू प्रस्तुत गरेका थिए l कार्यक्रममा संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर, एनआरएन पोर्चुगलका पूर्ब अध्यक्ष भिम केसी , आदिबासी जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष श्रेया राई , किरात राई सोसाईटी पोर्चुगलकी उपाध्यक्ष मोनी राई , एन आर एन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल , नेपाली कांग्रेस महासमिति सदस्य तथा बेल्जियम अध्यक्ष सुबास गुरुङ ,पर्बत समाज अध्यक्ष नन्दा गुरुङ , कास्की समाज अध्यक्ष जिबन गुरुङ .पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा ,नेकपा माओबादी बेल्जियम उपाध्यक्ष मनिस गुरुङ ,आईसीसी गङ्गा शर्मा , नेपाली कांग्रेस बेल्जियम पूर्ब सभापती ईन्द्र क्षेत्री ,एनआरएन ग्लोबल अध्यक्ष पद्म गुरुङ,तमुधि बेल्जियम अध्यक्ष प्रबिना गुरूग, शेर्पा किदुक बेल्जियमका निबर्तमान अध्यक्ष आंग दोर्जि सोनाम शेर्पा लगायतले शुभकामना दिनु भएको थियो l
कार्यक्रम आयोजना गर्दा पेय पदार्थ स्पोन्सर लगायत आर्थिक सहयोग संघिय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर तथा बिश्व मगर संघ अघ्यक्ष लोक रानाले गर्नु भएको थियो । महासंघ बेल्जियम सचिबद्वय उमा तमुस्यो र रबिन राईले संचालन गरेको कार्यक्रमममा मयुमा राई , सुमिना राई ,मेलिना राई , रिता कुमारी बुढा, याम कुमारी छन्त्याल लागायत कन्याहरूले आदिबासी सत्कार र सम्मान गरेका थिए l