किरात याक्थुङ चुम्लुङ हाम्बर्ग जर्मनीले उभौली पर्व मनाउदै |

प्रेम पोमु, जर्मनी |
यहि अगष्ट ०५ तारिखका दिन किरात याक्थुङ चुम्लुङ हाम्बर्ग जर्मनीले सिसेक्पा तङ्नाम, उभौली पर्व २०२३ मनाउने भएको छ | नेपाली भाषा, कला, संस्कृतिलाई संरक्षण,सम्बर्द्धन र प्रबधन, गर्नका निम्ति र प्रवासमा रहेका बालबालिका तथा आउदो दोश्रो पुस्ताले पनि आफ्नो कला र संस्कृतिको जनाकारीका साथै सम्झना र निरन्तरता दिन सकुन भन्ने उदेश्यका साथ आउदो ०५-अगष्ट-२०२३ मा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा साँस्कृतिक तथा साँगितिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ |

सो सिसेक्पा तङ्नाम कार्यक्रममा सम्पूर्ण ईस्टमित्र,दाजुभाई तथा दिदिबहिनीहरु लगायत सबै नेपाली समुदायमा गरिमामय उपस्थितिको लागी हार्दिक निमंत्रणा गरिसकिएको हुँदा कार्यक्रम निम्न स्थान र समय (मिती :- ०५/०८/२०२३ ,स्थान :- BARMBEKER MARKT 41 ,DEHNHAIDE U-BH, 22081 HAMBURG समय :- २१:०० बजे) हुने समेत आयोजकले जनाएको छ ।

Share