एनआरएनए नर्बेको अधिवेशन सम्पन्न अध्यक्षमा गौतम र महासचिवमा खनाल निर्वाचित।

प्रेम परियार नर्बे ।    २३ जुलाई २०२३ मा एनआरएनए नर्बेको भएको संघको राष्ट्रीय अधिवेशन सम्पन्न  भएको छ | सबै पदहरुमा सर्वसम्मत भएपनि  आईसीसी सदस्य पदमा सहमति नजुटेपछी जुलाई २९ मा निर्वाचन  भएको हो। एनआरएनए नर्बेको अध्यक्षमा बिष्णु गौतम र महासचिवमा ईश्वरी प्रसाद खनाल सर्वसम्मत भए संगै  निर्वाचित आईसीसी सदस्यमा पबित्र बस्नेत  निर्वाचित भए पछि मात्र नयाँ कार्यसमितिको घोषणा गरी सार्वजनिक गरिएको हो ।

त्यसैगरी अध्यक्ष बिष्णु गौतम,  उपाध्यक्ष – श्याम परियार,र गणेश थापा , महासचिव – इश्वरी प्रसाद खनाल , कोषाध्यक्ष – पशुपति प्रसाद भण्डारी ,सचिव – प्रविन पराजुली ,महिला संयोजक – श्रद्धा सिंह थापा ,युवा संयोजक – असिम लम्साल,सदस्यहरु – बालकृष्ण थापा, शालिकराम ढुंगाना, हरिकृष्ण तिमिल्सिना, शंकर काफ्ले, दिपक खतिवडा निरर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिले घोषणा गरेको थियो ।

निर्वाचित कमिटीको सम्योजकले  नयाँ समिति सार्वजनिक पछि अध्यक्ष गौतमले निर्विरोध निर्वाचित गराऊने तमाम नर्बे बासी आमा बाबु दाज़ु भाई तथा दीदी वाहिनी प्रति आभार ब्यक्त गर्दै  नर्बेमा रहेका सबै नेपालीहरुलाई धन्यवाद सहित आगामी कार्ययोजना सहितको छोटो मन्तव्य दिनुभएको  थियो। मन्तव्यको क्रममा अध्यक्ष गौतमले यहाँ स्थित सबै नेपाली संघ संस्थासँग हातेमालो एबं सहकार्य गर्दे नेपालीहरुको हकहितमा छाता संगठनको रूपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।

त्यसैगरी  मन्तव्यको क्रममा वहाँले निवर्तमान अध्यक्ष लगायत सबैमा धन्यबाद दिदै आगामी दिनमा सहयोगको अपेक्षा राखेको मनसाय ब्यक्त गर्नु भएको थियो। सो कार्यक्रममा निवर्तमान आईसीसी सदस्य राजु अर्याल नव निर्वाचित आईसीसी सदस्य पवित्र बस्नेत, प्रत्यासी नवराज (राजन) अधिकारी, नेपाली संघ संस्थाका प्रतिनिधि र मतदाताहरुको बाक्लो उपस्थितिमा मतदाताले नवनिर्वाचित पदाधिकारी लाई सामूहिक रूपमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो।

संघको आठौ राष्ट्रिय महाधिवेशन सफल पार्न गठित ५ सदस्यीय निर्वाचन कमिटीका सदस्य,नारायण पौडेल, बिनोद बस्याल, अभिषेक पोखरेल, र सैलेस धीताल, रहनु भएको कमिटीका संयोजक दीपेन बिष्टले निर्वाचन कमिटीलाई सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद दीदै नव निर्वाचित कार्यसमिति सार्वजनिक गर्दई शपथ तथा पदभार ग्रहण गराऊनु भएको थियो ।

कार्यक्रममा संघका प्रमुख संरक्षक संजीव कुमार थापाले नवनिर्वाचित पदाधिकारी लाई स्वागत गर्दई हार्दिक बधाई तथा शुभकामना सहित धन्यबाद दिनु भयो । आईसीसी सदस्यमा भएको निर्वाचन उत्साह पूर्ण रूपमा सभ्य भव्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उक्त मतदानमा ६३% को जनसहभागिता रहेको थियो । मतदान द्वार २९ तारीकमा भएको आईसीसी सदस्यमा पबित्र बस्नेत निर्वाचन पश्चात २०२३-२५ को नयाँ कार्यसमिति र एनआरएनए एनसीसी नर्बेको आठौ राष्ट्रीय अधेवेशनले पूर्णाता पाएको हो ।

Share