किरात राई समाज बेल्जियमको अधिवेशन सम्पन्न |

बेल्जियम । किरात राई समाज बेल्जियमको अधिबेशन हालै काजाब्लांका क्यासेल्लोमा सम्पन्न भएको छ । अधिवेशनबाट तदर्थ समिति संयोजक इन्दिरा चाम्लिंग राईको अध्यक्षतामा सम्पूर्ण पदाधिकारीहरू महिला रहेको कार्यसमिति निर्बाचित भएका छन ।

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरमान मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले समाजको उपाध्यक्षमा सरू राई ,महासचिबमा सबनम राई र कोषाध्यक्षमा मालती राई निर्बाचित हुनु भएकोछ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा रेणुका राई , शेखर राई ,राजेन राई ,नेत्र राई ,गोपाल राई , देब राई ,भबिन राई र केजिन राई रहनु भएको छ ।

समाजका अग्रणी ब्यक्तित्व मुना राई र धन कुमार राई (मणि) संरक्षक रहनु भएको समाजको अन्य सदस्यहरूमा सिमा राई ,आशा राई ,ईकु राई ,तारा राई ,रानी राई,पुनम राई, देबान राई , रोशन राई , शान्ता राई , राम कुमार राई ,सुबास राई -कोत्रिक ,योगेश राई , सोनीया राई , मोनी राई श्रेया राई , शान्ति राई ,सुनिल राई र देबयानी राई रहनु भएको छ ।

प्रकृति पुजक किरात राई समुदाय र मगर समुदायबिच भूमि पूजा र प्रकृति पूजा लगायत दुबै समुदायको एऊटै नयाँ  बर्ष प्रचलनमा रहेको प्रमुख अतिथी अध्यक्ष मगरले बताऊनु भयो । तामांग समाज अध्यक्ष राम लामा ,महासचिब चन्द्र ब्लोन ,तमु धि बेल्जियम ऊपाध्यक्ष संगिता गुरूंग हिमालयन शेर्पा केन्द्र सल्लाहकार एलजि शेर्पा ,सोनाम छिरिंग शेर्पा ,बिश्व मगर संघ बेल्जियम अध्यक्ष लोक राना , संघिय समाजबादी बेल्जियम अध्यक्ष नेत्र मगर , नेकपा माओबादी बेल्जियम महासचिब कल्पना मगर , तमु राष्ट्रीय मुक्ति मोर्चा युरोप इन्चार्ज मनिस गुरुंग ,प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ युरोप उपाध्यक्ष दिल निशानी मगर लगायत अतिथिहरुको उपस्थिती थियो |  नव निर्बाचित कार्यसमितिलाई अतिथिहरुले सफल कार्यकालको सफलताको शुभकामना सहित  बधाई दिनु भएको थियो ।

अतिथीहरूलाई स्वागत सम्मान मालती राई र शरू राईले गर्नु भएको थियो भने इन्दिरा राईले सभापतित्वमा सम्पन्न अधिवेशनमा मुना राईले स्वागत मन्तब्य राख्दै  किरात राई सॅस्कार सस्कृति बारे चर्चा गर्नु भएको थियो ।

Share