पर्वत समाज नेदरल्याण्ड्सद्वारा बिरामी बालकलाई सहयोग प्रदान |

नेदरल्याण्ड्स |    पर्वत जिल्ला कुश्मा नगरपालिका वार्ड नम्बर १ बस्ने सरोज प्रकाश सुबेदी र बिष्णु सुबेदीका एक मात्र छोरा प्रशान्त सुबेदीलाई जन्मैदेखि विश्वमै अत्यन्त दुर्लभ प्राणघातक एआरपीसी वानबि( ARPC1B) डीफीसेन्सी (deficiency)रोगले पिडित बच्चाको खबरले प्रवासमा रहेका नेपालीहरुलाई सहयोग गर्न सकिन्छ भन्ने भावनाले जागृत भएर आएको र उपचारमा केहि मल्हम लगाउन सकिन्छकि भनेर सहयोगी मनहरु सेवा र सहयोगमा तत्पर रहेको पाइन्छ | सोहि अनुसार २५ जुलाई २०२३ मा पर्वत समाज नेदरल्याण्ड्सले बालकको उपचारको लागि रकम संकलन गरि सहयोग गरेको छ |

रोग प्रतिरक्षा बिशेषज्ञका अनुसार यो किसिमको रोगमा बच्चाको रोग प्रतिरोधात्मक क्षमता ज्यादै कमजोर हुने भएकाले बच्चालाई बारम्बार संक्रमण हुने,कान पाक्ने,लिम्फ़ ग्रन्थी सुन्निने,दिशा,पिसाव,मुख र गिजाबाट रगत आउने, शरीरका विभिन्न भागमा राताराता दाग, चिलाउने घाउ र एलर्जी हुने गर्दछ | यस रोगमा बच्चा जन्मे देखिनै निरन्तर बिरामी भैरहने हुँदा अस्पताल लागिरहनुपर्ने र त्यसकालागि पटकपटक उपचार गराउदा अत्याधिक खर्चहुने भएकाले साधारण परिवारमा भने आर्थिक कठिनाईहरु हुने गर्दछन त्यसैले सहयोगी मनहरुको आर्थीक सहयोगकालागि अपिल गर्ने गरेको पाईन्छ |

उक्त खबर प्राप्त हुनासाथ नेदरल्याण्ड्समा रहेका बरिष्ठ समाजसेवी श्री पदम ( रामचन्द्र ) क्षेत्रीले उक्त बालकको उपचारकालागी सहयोगका लागि सम्पूर्ण नेपालीहरुलाई अपिल गर्दै एक अभियान चलाएका थिए | उक्त अभियानलाई आत्मसाथ गर्दै प्रशान्त सुवेदीको उपचारको लागि पर्वत समाज नेदरल्याण्ड्सले नेपाली रुपैयाँ २ लाख १२ हजार ५१८ बिरामीको बाबा आमाको नेपालस्थित बैंक खातामा जम्मा गरि सहयोग गरेको समाजका अध्यक्ष झलक जिसीले जानकारी गराएका छन्।

उक्त बालकको उपचारको लागि सहयोगी दाताहरु, झलक जीसीबाट ११५ युरो, लक्ष्मण रिजाल १११ युरो, मिम पुर्जा १०५ युरो, मनोहरी शर्मा १०५ युरो, रामप्रसाद रेग्मी १०५ युरो, थानेश्वर कँडेल १०५ युरो, पदम क्षेत्री १०५ युरो, भीम रोका १०५ युरो, संघर्ष केसी १०५ युरो, केशवराज पाण्डे ५५ युरो, अमिर गुरुङ ५५ युरो, माधव कँडेल ५५ युरो, फदिन्द्र क्षेत्री ५१ युरो, विष्णु पोखरेल ५१ युरो, धनकुमार बोहरा ५१ युरो, अग्निधर उपाध्याय ५१ युरो, झलक श्रेष्ठ ५१ युरो, सीता सापकोटा ४५ युरो, श्याम आचार्य ३५ युरो, नर ब.रोका ५१ युरो, धन ब. क्षेत्री ५५ युरो, टिकाराम सापकोटा २० युरो,संकलन भएको र बरिष्ठ समाजसेवी पदम (रामचन्द्र) क्षेत्रीद्वारा सहयोगको लागि अपिल भएको यस अभियानमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको अध्यक्ष जिसीले जानकारी गराएका छन् |

Share