एनआरएनए नेदरल्याण्ड्सको दशौँ अधिवेशन भब्यरुपमा सम्पन्न अध्यक्षमा कँडेल र महासचिवमा पौडेल चयन |

नेदरल्याण्ड्स |
जुलाई २४ तारिख सोमबारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको दशौँ राष्ट्रिय अधिवेशन २०२३ भब्यरूपमा सम्पन्न भएको छ।
राजधानीआमस्टरडाम स्थित स्लोतरडाईकको रोनेव्येख १२ को हलमा सम्पन्न अधिवेशन बेनेलक्सका लागि नेपाली महामहिम राजदूत श्री गहेंद्रराज राजभण्डारीज्युको प्रमुख आतिथ्यमा र संघका अध्यक्ष मिम पुर्जाको अध्यक्षतामा सम्पन्न भएको हो |

त्यसैगरी बिशिष्ठ अतिथिहरुमा एनआरएनएका केन्द्रिय उपाध्यक्ष श्री नारायण आचार्य, युवा उपाध्यक्ष श्री हिमाल गुरुङ,केन्द्रीय कोषाध्यक्ष श्री फडिन्द्र पन्त,केन्द्रीय सचिव श्री गंगाधर गौतम, पुर्व केन्द्रीय सदस्य श्री मनोहरि शर्मा, केन्द्रीय सदस्य श्री टिकाराम सापकोटा,एनआरएनए नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष श्री शशी कान्त पौडेल, ईनास ग्लोबलका अध्यक्ष श्री पुष्प बरुवाल, एनआरएन केन्द्रीय सदस्य बेल्जियमका श्री प्रेम दवाडी, एनआरएनए बेल्जियमकी अध्यक्ष श्रीमती सिता सापकोटा, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष श्री ओम शर्मा, एन आरएनए नेदरल्याण्ड्सका सल्लाहकार श्री प्रेम जंग गुरुङ र नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव श्री द्रोण रिजालको उपस्थिति रहेको थियो |

जनसम्पर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष श्री सालिक गौतम, प्रवासी नेपाली मंचका अध्यक्ष/ प्रतिनिधि श्री राजेन्द्र चापागाई,जनप्रगतिशील मंचका प्रतिनिधि,प्रवासी नेपाली एकता मंचका अध्यक्ष श्री अमिर गुरुङ,प्रवासी नेपाली एकता मंचका अध्यक्ष श्री धन कुमार बोहरा, गुरुङ समाजका अध्यक्ष श्री कृष्ण गुरुङ,मगर समाजका अध्यक्ष श्री टिका पुन, तामाङ् समाजका अध्यक्ष राम कुमार तामाङ्, स्यान्जाली समाजका अध्यक्ष श्री राजेन्द्र शर्मा, पर्वत समाजका अध्यक्ष झलक जिसी, पूर्वेली समाजका प्रतिनिधि श्री धर्म कार्की , मोना नेदरल्याण्ड्सकी ममता खड्का पुन, नेपाल धर प्रतिष्ठानकी अध्यक्ष श्रीमती बन्दना अधिकारी, म्युजिक फाउण्डेशनकी अध्यक्ष साबू पौडेल नेपाल समाज नेदरल्याण्ड्सको प्रतिनिधि,कलाकार श्री थानेश्वर गौतम र कलाकार लक्ष्मी नेपाली लगायत अतिथिको रुपमा बिशेष उपश्थिति थियो |

प्रमुख अतिथिद्वारा बिशिष्ठ अतिथिहरुको सामुहिक उपश्थितिमा पानसमा दिप प्रज्वलित गरि अधिवेशन उद्धाटन भएको थियो भने उपश्थित अतिथि लगायत सम्पूर्ण सहभागीहरुलाई संघका बरिष्ठ उपाध्यक्ष श्री बिष्णु पोखरेलले स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए |

अतिथिहरुले आफ्नो मन्तव्यको क्रममा राजनीति भन्दा माथि उठेर संस्थाको उदेश्य र सामाजिक अभियानमा उत्तरदायी हुनेपर्नेमा जोड दिएका थिए |

उद्धाटन सत्र पछि कार्यक्रमलाई निरन्तरता दिदै बन्द सत्रको कार्यक्रममा महासचिव सिता थापाले संस्थाको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष श्रीमती सुशिला बानियाँ रोक्काले प्रस्तुत आर्थिक प्रतिवेदन र महिला संयोजक श्रीमती चन्दना खड्काद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुमोदन कालागी पेस गरेपछि उक्त प्रतिवेदन उपर छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।

विधान समितिका संयोजक श्री सालिक गौतमले प्रस्तुत गरेका संस्थाको संशोधित विधानलाई ब्यापक छलफल पश्चात पारित भएको थियो |
एनआरएनए नेदरल्याण्ड्सको दशौँ अधिवेशनले बर्ष २०२३-२५ कार्यकाल कालागि नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ | निर्वाचन समितिका संयोजक श्री फडिन्द्र पन्तले २०२३ -२०२५ को लागी निर्बिरोध चयन हुने पदाधिकारीको नाम सार्वजनिक गरेका थिए जस्मा केन्द्रीय समिति सदस्यमा श्री मिम बहादुर पुर्जा र एनसीसी अध्यक्षमा श्री थानेश्वर कंडेल चयन भएका छन् |

बरिष्ठ उपाध्यक्षमा श्री भिम रोक्का, उपाध्यक्षहरुमा श्रीमति सिता सापकोटा, श्री संघर्शसिल केसी, सुश्री सिता कुमारी थापा, श्री पेमा लामा, श्रीमती अर्चना पाण्डे,श्री रामचन्द्र पोख्रेल, महिला उपाध्यक्षमा अम्बिका गिरी, युवा उपाध्यक्षमा दिनेश अर्याल, महासचिवमा सावित्री पौडेल ( साबू) र सचिवमा श्री सन्दिप विश्वकर्मा, कोषाध्यक्षमा श्री कमल बहादुर बिश्वकर्मा,सह-कोषाध्यक्षमा श्री सुमन काफ्ले, महिला संयोजकमा सरोजा ढकाल गिरी र युवा संयोजकमा अनिल कार्कीलाई चयन गरेको छ |

त्यसैगरी सदस्यहरुमा श्री धन कुमार बोहरा, श्री डम्बर कोइराला, श्री राम बहादुर पौडेल, श्री नर बहादुर कार्की, श्री कैलाश गिरी, श्री प्रेम बहादुर पुन, श्री गगन जंग बहादुर शिंह, श्री सुवास बस्नेत र भिमभक्त राईलाई चयन गरेको छ |

संस्थाकी महासचिव सुश्री सिता कुमारी थापाले संचालन गरेको उक्त अधिवेशनमा नेपालका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिले अधिवेशनमा रौनकता छाएको थियो |

 

Share