नेदरल्याण्ड्समा डा. घलेलाई स्वागत गर्दै अन्तरकृया कार्यक्रम सम्पन्न |

नेदरल्याण्ड्स |

 

मई २३ तारिख मंगलबारका दिन नेदरल्याण्ड्सको राजधानी आमस्टरडाममा सम्बाद समिक्षा र निकास बिषयक अन्तरकृया  कार्यक्रम आयोजना गरि एनआरएनए आईसीसी पुर्व अध्यक्ष तथा बरिष्ठ समाजसेवी डा. शेष घलेलाई स्वागत गरिएको छ | उक्त कार्यक्रम स्वागत तथा अन्तरकृया कार्यक्रमका संयोजक एनआरएनए नेदरल्याण्ड्सका पुर्व अध्यक्ष हरि पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो |

कार्यक्रमका प्रमुख आकर्षक एनआरएन आईसीसी पुर्व अध्यक्ष तथा समाजसेवी डा. शेष घलेको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा बिशिष्ठ अतिथि एनआरएनए नेदरल्याण्ड्सका संथापक अध्यक्ष तथा पुर्व आईसीसी सल्लाहकार शशी पौडेल,एनआरएनए जर्मनीका पुर्व अध्यक्ष तथा आईसीसी सल्लाहकार दिल गुरुङ, एनआरएन आइसीसी उपाध्यक्षहरु सोनाम लामा (अमेरिका ) र थर्कसेन (बेलायत ), युरोप संयोजक उल्का घिमिरे, ईनास ग्लोबल कमिटिका अध्यक्ष पुष्प बरुवाल, नेपाल पत्रकार महासंघ युरोप तथा नेपाल हल्याण्ड डट कमका प्रधान सम्पादक द्रोण रिजाल,जनसम्पर्क समितिका पुर्व अध्यक्ष प्रेमजंग गुरुङ, तामाङ्ग समाज नेदरल्याण्ड्सका अध्यक्ष राम कुमार तामाङ्ग ,एनआरएन  पुर्व महिला उपाध्यक्ष बर्षा खड्का,एनआरएनए नेदरल्याण्ड्सकि कोषाध्यक्ष तथा समाजसेवी शुसिला बानियाँ रोक्का, जनसम्पर्क समितिका पुर्व अध्यक्ष उत्तम कंडेल, प्रवासी नेपाली एकता मंच आईसीसी सदस्य धनकुमार बोहरा, गुरुङ समाज नेदरल्याण्ड्सका अध्यक्ष कृष्ण गुरुङ, महासचिव पृथिवीमान गुरुङ,जन प्रगतिसिल मंच नेदरल्याण्ड्सका अध्यक्ष संघर्षशील केसी, स्यान्जाली समाज नेदरल्याण्ड्सका अध्यक्ष राजेन्द्र शर्मा, गुरुङ समाज नेदरल्याण्ड्सका पुर्व अध्यक्ष सुनिल गुरुङ, ब्यबशायी संघ नेदरल्याण्ड्सका  प्रतिनिधि संजिव काफ्ले,एनआरएन नेदरल्याण्ड्सका पुर्व उपाध्यक्ष हिमाल ओझा र भिम रोक्का, को अथितिको रुपमा उपश्थिति रहेको थियो |

एनआरएन अभियानमा आफ्ना अनुभवहरु प्रस्तुत गर्दै एनआरएन लाई क्वाण्टिटीमा हैन क्वालिटीमा बिश्वास गर्नु पर्नेमा उपाध्यक्षहरु सोनाम लामा र थर्क सेन, युरोप संयोजक उल्का घिमिरे लगायत अतिथिहरुले आ-आफ्नो धारणा राखेका थिए | त्यसैगरी अतिथि दिल गुरुङले डा. घलेले एनआरएनए अभियान र अन्य सामाजिक अभियानमा पुर्याएको योगदानको चर्चा गर्दै असल नेतृत्वले मात्र यस अभियानलाई सहि दिशामा लान सक्ने हुँदा डा. घले दम्पति प्रति गर्व गर्नुपर्ने र आफुले पनि गर्व गर्नुपर्ने धेरै उल्लेख्य कामहरु गरेको धारणा राखेका थिए |

बिशिष्ठ अतिथि शशी पौडेलले आफ्नो भनाई राख्दै नीति नियम पद्दति संथाका मेरुदण्ड हुन निती नियम र विधानमा टेकेर संथा हामीले चलाएनौ भने संथा मियो बिनाको दाइँ हुन्छ यदि मियो बिनाको दाईं भयो भने हामीले सामाजमा नेतृत्व गर्न सक्दैनौ समाजलाई बिखण्डनको बाटोमा पुर्याउछौं र आफ्नो स्वार्थको घेरा भित्र संथालाई हतियार बनाएर अगाडी बढ्छौं त्यो कदापि हुनुहुदैन र कदापि हामीले स्वीकार गर्नुपनि हुँदैन भन्दै एउटा उदेश्यले स्थापना भएको संस्था पछिल्लो समयमा विभिन्न गुट र उपगुटको सिकार भएकाले संथागत लक्ष्यमा पुग्न नसकेको तितो यथार्थ प्रस्तुत गरेका थिए | 

एनआरएनले २०१३ देखि १७ सम्म एउटा अवसर दिएको उल्लेख गर्दै डा. घलेले उक्त अवधि आफ्नो लागी सामाजिक सेवामा सिक्ने मौकाको रुपमा लिएको उल्लेख गर्दै असल ब्याक्ति बनेको होकी भन्ने लागेकोले मलाई जजमेन्ट गरिएको भन्दै आउने पुस्ताहरुलाई निरन्तरता दिनाका लागी महिला र युवाहरुलाई अवसर दिनुपर्नेमा जोड दिएका थिए | संस्था सारै कम्जोर भैसकेको अवस्थालाई औल्याउदै अंग्रेजी शब्द writting was on the wall स्मरण भएकाले संस्थालाई कसरि अगाडी बडाउन सकिन्छ भन्ने अब सबैले सोच्ने बेला आएको छ र सबैको आ-आआफ्ना धारणाहरु राख्नुपर्ने बिचार ब्यक्त गरेका थिए |

डा.घलेले सम्बोधन गर्दै भने जलवायु परिवर्तनले नेपालको वातावरणीय, सामाजिक र आर्थिक विकासमा ठूलो खतरा पैदा गरेको छ । विकासशील राष्ट्रको रूपमा नेपाल आफ्नो ऊर्जा आवश्यकताहरूको लागि जीवाश्म ईन्धनमा धेरै निर्भर छ, जसले हरितगृह ग्यास उत्सर्जनमा योगदान पुर्‍याउँछ र जलवायु परिवर्तनको प्रभावलाई बढाउँछ। यी चुनौतीहरूलाई सम्बोधन गर्न, स्वच्छ र दिगो ऊर्जा स्रोतहरू अपनाउनु आवश्यक छ। नवीकरणीय उर्जाको प्रयोग गरेर पानीको इलेक्ट्रोलाइसिस मार्फत उत्पादन हुने हरित हाइड्रोजन कार्बन उत्सर्जन घटाउने, ऊर्जा सुरक्षा, हरियो मल लगायतका खाद्य सुरक्षा र दिगो आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने आशाजनक समाधानका रूपमा उदाइरहेको उल्लेख गरेका थिए । हाइड्रोजन प्रकृतिमा प्रचुर मात्रामा पाइन्छ र सफा जलाउने अणु हो जसले पहिले सफा गर्न गाह्रो साबित भएका क्षेत्रहरूको दायरालाई डी-कार्बोनाइज गर्न मद्दत गर्दछ। हरियो हाइड्रोजनले हरियो मल पनि उत्पादन गर्न सक्छ जसले ऊर्जा भण्डारण मार्फत खाद्य सुरक्षा र सुरक्षा र ऊर्जा सुरक्षा सुनिश्चित गर्न सक्छ।

पानसमा बत्ति बालेर उद्धाटन गरिएको उक्त कार्यक्रमको संचालन म्युजिक फाउण्डेशनकि अध्यक्ष साबि पौडेलले गरेकी थिईन |

Share