एनआरएनए पुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता डा. घले नेदरल्याण्ड्स आउदै, भब्य स्वागत गरिदै ।

नेदरल्याण्ड्स     गैरआवासिय नेपाली संघको अभियानमा अहम भूमिका निर्वाह गर्दै आएका दुरदर्शी र सफल नेत्रित्वबाट परिचित एनआरएनएका अभियन्ता डा. शेष घले युरोप र अमेरिकामा रहेका गैरआवासिय नेपालीहरुसँग भेटघाट तथा अन्तर्कृया गर्ने उदेश्यले विभिन्न देशको भ्रमणमा निस्किएका छन ।

बेलायत तथा युरोपका बिभिन्न मुलुकमा रहेका प्रवासी नेपालीहरुलाई भेट्ने क्रममा नेदरल्याण्ड्समा बसोबास गर्ने नेपाली जनसमुदायलाई सम्बोधन गर्ने र आफ्नो र जनसमुदायको विचार एक आपसमा आदानप्रदान गर्न उदेश्यले अनुरुप आगामि मंगलवार २३ मे २०२३ मा नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डाम आउने भएका हुन। नेदरल्याण्ड्सका अविभावक तथा पुर्व एनसिसि अध्यक्ष हरि पौडेलले डा.घलेको उपश्थितिमा एक अन्तर्कृया कार्यक्रम आयोजना गरिने जानकारी गराएका छन् ।

प्रवासमा रहेरपनि नेपाल र नेपालीहरुका लागि सामाजिक काममा उल्लेख्य योगदान दिएका डा.घले बिगतमा देखिएका एनआरएनए भित्रका असन्तुष्ठीहरुलाई निराकरण गर्दै प्रवासी नेपालीहरु एकजुट भई गैर आवासीय नेपालीहरुमा एकताको संदेश दिन डा.घलेका बिचारहरु र आ-आफ्ना जिज्ञासाहरु राख्नकानिम्ति सम्पूर्ण नेदरल्याण्ड्सबासी नेपाली समुदायहरुमा सहभागिताको लागि आग्रह गरिएको एनसीसी नेदरल्याण्ड्सका पुर्व अध्यक्ष पौडेलले जानकारी गराएका छन् ।

त्यसैगरी एनसीसी नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशी पौड्याल लगायतका अन्य वरिष्ठ व्याक्तित्वहरुले पनि डा. घलेको नेदरल्याण्ड्स भ्रमणलाई बिशेस महत्वका साथ लिएको र संस्थागत बिषयबस्तुहरुमा छलफल र अन्तर्कृया समेत गरिने हुँदा स्वागत गर्न उत्सुक रहेको जानकारी गराएका छन ।

साथै गुरुङ समाज नेदरल्याण्ड्स लगायतका अन्य नेपाली सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको समेत सहभागिताको अपेक्षा राख्दै कार्यक्रममा संस्थागत सम्वाद, समिक्षा, निकास र संघको भविश्यको बारेमा पनि छलफल हुने बताइएको छ । एनआरएनएलाई पुन एक पवित्र संस्था बनाएर लैजानको लागि सबैको साथ र सहयोगको आवश्यकता पर्नेलाई जोड दिंदै सामाजिक एकताको अभियानमा सबै गैरआवासिय नेपालीहरु जोडीनुको विकल्प नभएको सम्पूर्ण प्रवासी नेपालीहरुको आवाज रहेको देखिएको छ ।

Share