नेपाल म्युजिक फाउण्डेशनद्वारा संचालित नेपाली स्कुलको शैक्षिक भ्रमण भब्य रुपमा सम्पन्न |

 

नेदरल्याण्ड्स |     नेपाल म्युजिक फाउण्डेशनद्वारा बिगत एक वर्ष देखि नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डाममा संचालित नेपाली भाषा, संगीत, नृत्य र योग तथा ध्यान स्कुलका बालबालिकाहरुको शैक्षिक भ्रमण भव्य रुपमा सफल भएको छ । फाउण्डेशनले Amstelveen को Bloesempark पार्कमा आयोजित कार्यक्रममा अभिभावकहरुले पिक्निक, नाचगान र विभिन्न खेलकुदहरु सहितको रोचक कार्यक्रम आयोजना गरेको थियो ।

दोस्रो पुस्तालाई नेपाली संस्कार र संस्कृतिमा जोड्न साथै मातृभूमी प्रतिको माया, ममता र सद्भावलाई केन्द्रित गर्दै आयोजना भएको यो नेदरल्याण्ड्सकै लागि पहिलो कार्यक्रम भएकाले बालबालिकाहरु खुल्ला वातावरणमा निकै हर्षित भएर खेली रहेका देखिन्थे । रोचक खेलमा रमाईरहेका सहभागीहरुमा तातो-आलु, अण्डा लुकाई साथै अन्य खेलमा प्रथम, द्वित्तीय र तृतिय हुने आश्विनी कोईराला, परी खड्का, रशिद रेग्मी र प्रबेश गुरुगं लगायत अन्य बालबालिकालाई वरिष्ठ समाजसेवी तथा नेपाली समाज नेदरल्याण्ड्सका अभिभावक शशी पौड्यालद्वारा पुरस्कार वितरण भएको थियो ।

कार्यक्रम संचालन नेपाल म्युजिक फाउण्डेशनकी अध्यक्ष साबु पौडेल बाट भएको थियो भने नेपाली स्कुल प्रोजेक्ट संयोजक अम्बिका गिरी, योग शिक्षक रस्मिता पराजुली, नेपाली संगीत शिक्षक शरद जोशी, नेपाली भाषा शिक्षक सुर्य राज गिरी र नृत्य शिक्षक मदन केसीहरुले पनि आफ्नो क्षेत्रमा योगदान पुर्याएका थिए । शैक्षिक भ्रमण कार्यक्रमलाई सफल बनाउन अभिभावकहरुको बिशेष भूमिका रहेको थियो ।

खानपिनको व्यबस्था देखि कार्यक्रम स्थलमा चाहिने सामाग्रीहरु सहितको ब्यवस्था गरि कार्यक्रम भरि खटेर कार्यक्रम सफल बनाउन उल्लेख्य भूमिका निर्वाह गरेका अभिभावकहरु सूनिल गुरुंग र चुंगी गुरुंग, बिक्रम थापा र पुजा थापा, अन्जु र गोकुल गुरुंग, देवि कोईराला, संसार र पबित्रा कोईराला, उत्तम र केनुजा कंडेल, सम्झना रेग्मी र रुपक रेग्मी, हरिहर थापा, दिपा र राम तामागं, सुजिता र अमित शर्मा, देवा शर्मा र परिवार साथै छिमेकी देश बेल्जियमदेखि परिवार सहित आएका  मोहन के.सि.  साथै सहभागी अभिभावकहरु प्रति नमन गर्दै नेपाल म्युजिक फाउण्डेशनको कार्यसमितिको तर्फबाट साबु पौडेलले धन्यवाद पनि ज्ञापन गरेकी थिइन् ।

यस  शैक्षिक भ्रमण कार्यक्रम लाई ऐतिहासिक बनाउनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने समस्त अभिभावकहरु र संस्थाका संरक्षक, सल्लाहकारहरु साथै सम्पुर्ण नेदरल्याण्डस् बासी प्रति पनि नेपाल म्युजिक फाउण्डेशनको कार्यसमितिले एकमुष्ठ आभार ब्यक्त गरेको थियो ।

Share