एनआरएन नेदरल्याण्ड्सले विश्व साईकलयात्री महर्जनलाई गर्यो स्वागत |

नेदरल्याण्ड्स, मार्च, ८   |    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सले साईकलबाट विश्व यात्रामा रहेका विश्व साईकलयात्री ज्ञान महर्जनलाई नेदरल्याण्ड्सको राजधानी आमस्टरडाममा बिशेस सम्मानकासाथ स्वागत गरेको छ | नेपालको ललितपुर निवासी महर्जनले बिगत १० बर्ष देखि जलवायु परिवर्तनको सचेतना कार्यक्रम लिएर विश्व साईकल यात्रामा लागेका बताएका छन् |

नेपालबाट साईकल मार्फत विश्व यात्रा सुरु गरेका महर्जनले भारत हुदै एसियाका विभिन्न राष्ट्रहरुमा जलवायु परिवर्तनको सचेतना कार्यक्रम लिएर विश्व यात्रामा निस्किएका हुन् | युरोपका विभिन्न देशहरुको यात्रा गर्दै आज नेदरल्याण्ड्सको राजधानी आमस्टरडाम आईपुगेका हुन् |

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मिम पुर्जा, उपाध्यक्ष खेम सापकोटा, महासचिव सिता थापा साथै जनसम्पर्क समिति नेदरल्याण्ड्सकि महासचिव शान्ति थोकर लगायतले विश्व साईकल यात्री महर्जनलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए |

सामाजिक अभियानमा लागेका यात्री महर्जन विश्व शान्ति तथा भातृत्व बिकास लगायत नेपालको पर्यटन प्रवर्द्धन संगै जलवायु परिवर्तन सचेतना अभियानमा सबैले साथ दिनुपर्ने भन्दै अध्यक्ष पुर्जाले विश्व साईकल यात्री महर्जनलाई शुभकामना दिएका थिए |

Share