अस्ट्रियाको लागि पर्यटनदूतमा नियुक्त भईन बाबा राजेश्वरी |

नेदरल्याण्ड्स |      नेपाल सरकार पर्यटन मन्त्रालयको नेपाल पर्यटन बोर्डबाट झन्डै १५ बर्षदेखि युरोपेली मुलुक अष्ट्रियाको राजधानी भियना बस्दै आएकी संचारकर्मी र पत्रकार बाबा राजेश्वरी थापा अष्ट्रियाको लागि पर्यटनदूतमा  नियुक्त भएकी छन् ।

अष्ट्रियन यूनिभर्सिटीबाट पर्यटन व्यवसाय प्रवर्द्धनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी थापा गैरआवासीय नेपाली संघ मिडिया समितिको को-चेयर, प्रवासी नेपाली मंच अष्ट्रियाकी सचिव लगायत प्रवासका विभिन्न संघ-संस्थाहरुमा सकृय र नेतृत्वदायी भूमिकामा रहदै आएकी छन् ।

नेपालको समसामाहिक बिषयमा विभिन्न ब्याक्तिहरुसंग सात्क्षात्कार गर्दै नेपालीहरुको बिचमा लोकप्रिय कार्यक्रम संचालन गर्दै आएकी संचारकर्मी तथा पत्रकार बाबा राजेश्वरी NP1news Channel मा प्रमुख सम्पादक छिन | नेपालको पर्यटन व्यवसाय प्रवर्धन र बिकासकालागि यो नियुक्तिले अझ बढी जिम्मेवारी थपिएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनमा अझ ससक्त भएर प्रस्तुत हुन प्रयास गर्ने बताएकी छन् |

पर्यटनदूतको पदलाई अर्को भाषामा Honorary Public Relation Representativeअर्थात् मानार्थ जनसम्पर्क प्रतिनिधि समेत भनेर बुझ्ने गरिन्छ ।

उनको नियुक्तिलाई उपयुक्त पदमा सही व्यक्तिको छनौट भएको भनी प्रवासमा रहेका प्रवासी नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।

Share