डा. रिजालको प्रमुख अतिथ्यमा जसस नेदरल्याण्ड्सले मनायो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस |

नेदरल्याण्ड्स  |  जनावरी १२ तारिखका दिन जनसम्पर्क समिति नेदरल्याण्ड्सले नेपाली काँग्रेसका प्रभावसाली नेता तथा प्रखर वक्ता डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा ४७औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ | आम्स्तरदामको माउन्ट एभरेस्ट तन्दुरी रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा बेलायतबाट एनआरएन बेलायतका पुर्व अध्यक्ष योगेन्द्र क्षेत्री र पुर्व महासचिव आर के त्रिपाठीको उपस्थिति रहेको थियो |

सहभागीहरुको जिज्ञासाको जवाफमा पार्टीले पुष्पकमल दाहाललाई बिस्वासको मत दिनुपर्छ जस्तो मलाई लागेको छैन कांग्रेस ससक्त प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्नुपर्थ्यो राष्ट्रिय मेलमिलापको नामामा अपवित्र गठबन्दन गर्नु राम्रो हैन बीपीको मुलमन्त्रलाई जसरि जहापयो त्यहि प्रयोग गर्नुहुन्न बिपी व्यक्तिगत अनन्त सम्भावना स्विकार्नु हुन्थ्यो ति अनगिन्ति सम्भावनाहरुलाई मान्छेले वा पार्टीले रियालाईज गरेर त्यो बाटोमा हिड्नुनै लोकतान्त्रिक बाटो हो र उहाँले त्येसैलाई क्याम्पेन गर्नुहुन्थ्यो डा. रिजालको भनाई थियो | डा.रिजालले राज्यका कुनैपनि जनतालाई अनागरिक बनाउन पाइदैन नागरिकता बिधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेर फिर्ता भएको अवस्थामा अब उक्त बिधेयक पेस गरेर प्रमाणीकरण गर्न प्रवासमा रहेका सम्बन्धित संगठनका नेतृत्वले जोडदार माग गर्न आग्रह गरेका थिए | नागरिकता बारेको एक प्रसंगमा रबि लामिछानेको नागरिकता र गैर आवासीय नेपाली नागरिकता अलग अलग बिषय भएको डा. रिजालको धारणा थियो |

गैर आवासीय नेपाली संघको आर्थिक अनियमितता र गैर आवासीय नेपालीहरुको हक र अधिकारका बिषयमा केन्द्रीय समितिको ध्यानाकर्षण गराउदै अतिथि क्षेत्री र त्रिपाठीले आ-आफ्नो भनाई राखेका थिए |

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष हिमाल गुरुङ, नारायण आचार्य, कोषाध्यक्ष फडिन्द्र पन्त, आई सि सि सदस्य टिकाराम सापकोटा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्डका संस्थापक अध्यक्ष शशि पौडेल, पुर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा ( मनोहरि), अध्यक्ष मिम पुर्जा, बरिष्ठ उपाध्यक्ष बिष्णु पोख्रेल,उपाध्यक्ष सिता सापकोटा, महासचिव सिता थापा, प्रवासी नेपाली मंचका सचिव केशवराज पाण्डे, नेपाली ब्यबसायी संघ नेदरल्याण्डका अध्यक्ष अमिर देवकोटा, नेपाली जनाप्रगतिसिल मंचका अध्यक्ष संघर्षशील केसी , समाजसेवी तथा व्यवसायी थानेश्वर कंडेल, समाजसेवी भिम रोक्का तेजेन्द्र केसी, दिपक आचार्य लगायतको उपश्थिति थियो |

कार्यक्रम समापनको क्रममा अध्यक्ष गौतमले ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेदरल्याण्डमा रहेका सम्पूर्ण संघ संस्थाहरु संग सहकार्य गर्दै बिगतमा भएका गल्ति कमिकमजोडीहरुलाई बिर्सिएर अगाडी बढ्ने उद्घोस गर्दै हातेमालो गर्न प्रजातन्त्रप्रेमी लोकतन्त्रबादी महानुभावहरुलाई आग्रह गरेका थिए |

कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सालिक गौतमले गरेका थिए भने स्वागत मन्तब्य समितिका महामन्त्री जितेन्द्र श्रेष्ठ र कार्यक्रम संचालन महामन्त्री शान्ति थोकरले गरेकी थिईन |

Share