आपसी सहअस्तित्व स्वीकार्दै पत्रकार महासंघ युरोप र तमु समाज बिच सहमति |

बेल्जियम |       नेपाल पत्रकार महासंघ युरोप शाखा र तमु समाज बेल्जियमको आपसी असमझदारी अन्त्य भएको छ |  दुवै संस्थाका प्रतिनिधिहरुको बेल्जियममा रहेका सामाजिक अभियन्ताहरुको रोहबरमा सहमतिमा हस्ताक्षर भएको हो |

सामाजिक संघसंस्थाहरु र पत्रकारहरु समाजका अभिन्न अंगका रुपमा रहेकाले कुनै अवस्थामा पनि असहमति असमझदारी हुन नहुने भन्दै भईचाराको रुपमा प्रवासमा रहनुपर्ने, पत्रकारहरु समाजको अभिन्न अंगको रुपमा हेरिएकाले पत्रकारहरुलाई स-सम्मान सहभागिता गराउनुको विकल्प नरहेको भन्दै सामाजिक संजालमा टिप्पणी हुनथालेपछी सहमतिको वातावरण बन्न पुगेको हो |

 

बिगतका दिनहरुमा सामाजिक संजालमा भएका आरोप प्रत्यारोपहरु आगामी दिनहरुमा नदोहोर्याउने र एक आपसमा सम्मान र सहअस्तित्व स्वीकार्दै जाने, दुवै पक्षले दुवै संस्थाको अस्तित्व स्वीकार गर्दै आगाडी बढ्ने सहमति भएको पत्रकार महासंघ युरोप शाखाका का.वा.अध्यक्ष केजिन राईले बताए |

पत्रकार महासंघ युरोप शाखाको बैधानिकता माथि गलत प्रचारबाजी र का.वा.अध्यक्ष केजिन राईको कार्यक्रम सहभागितामा तमु समाज बेल्जियम बिचा देखिएको असमन्जस्यता र तमु ल्होसार आयोजक समितिका संयोजक नन्दराज घले बिच भएको असमझदारीले सामाजिक संजाल तातेको थियो |

Share