जनसम्पर्क समिती नेदरल्याण्ड्सले डा. रिजाल सँग सात्क्षात्कार गर्दै |

नेदरल्याण्ड्स |   

जनसम्पर्क समिती नेदरल्याण्ड्सले नेपाली कांग्रेसका प्रखर बक्ता साथै प्रभाबसाली नेता डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ ।

प्रवासि नेपालीहरुको हक र अधिकारका बिषयमा नेपाली कांग्रेसको धारणा लगायत नेपाली राजनीति र राज्यको दृष्‍टिकोण सहित बिबिध बिषयमा डा. रिजाल सँग सात्क्षाकार गरिने समितीका अध्यक्ष सालीक गौतमले बताए ।

नेपालको बर्तमान राजनीतिक समिकरण र त्यसबाट पर्ने सकारात्मक र नकारात्मक परिणाम सहित अन्य बिषयमा समेत आ-आफ्नो जिज्ञासा राख्नकालागी बिभिन्न राजनीतिक ब्यक्तित्वहरु, विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थाहरु, नेदरल्याण्ड्समा रहनुभएको नेपाली समुदायमा समेत पत्राचार गरिएको अध्यक्ष गौतमले जानकारी गराएका छन ।

जनावरी १२ तारिखका दिन बिहान ११ बजेदेखी उक्त कार्यक्रम माउन्ट एभरेष्ट तन्दुरी रेस्टुरेन्ट Spreeuwenpark 3D, 1021 GS Amsterdam मा हुने समितीले जनाएको छ ।

Share