एनआरएन नेदरल्याण्ड्सको आरोप प्रति प्रमुख संरक्षक पौडेलको आपत्ति

नेदरल्याण्ड्स  |      गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सले विभिन्न आरोप लगाउदै प्रमुख संरक्षकबाट बर्खास्त गरेको प्रति पुर्व अध्यक्ष समेत रहेका श्री हरि पौडेलले आपत्ति जनाएका छन् | पुर्व आइ सी सी अध्यक्षहरुले विभिन्न समयमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको जिम्मेवार पदमा मनोनयन गर्ने प्रस्तावलाई समेत अस्विकार गरेको र आफ्नो ठाउँमा अन्य ब्याक्तिलाई नै राख्न प्रेरित गरेको स्मरण गर्दै नेदरल्याण्डको एन सी सीले आफुलाई प्रमुख संरक्षकमा मनोनयन गर्ने भएपछि आफ्ना केहि प्रस्तावहरुमा सहमति हुने हो भने मात्र पदीय जिम्मेवारी ग्रहण गर्ने भनेपछि अध्यक्ष श्री पुर्जाले स्वीकार गरेको अवस्थामा सहमति भएको उल्लेख गरेका छन् | पत्रमा भनीए अनुसारको कुनै अफिसियल इमेल नआएको हुँदा आरोपको बारेमा कसरि जानकारी पाउन सकिन्छ र त्यसको जवाफ र सफाई दिने मौका भन्ने कुरा कसरि आउँछ भन्दै लगाइएका आरोपहरु सबै निराधार, निन्दनीय छ भनेका छन् |

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिले प्रमुख संरक्षकलाई बर्खास्त गरेको निर्णय बिधान सम्मत नदेखिएको समितिका संथापक अध्यक्ष श्री शशी पौडेलले सार्वजनिक रुपमा उल्लेख गरेका छन् | प्रमुख संरक्षकलाई योग्यताको आधारमा कार्यसमितिले मनोनयन गरेतापनि बार्षिक साधारण सभा वा अधिवेशनले अनुमोदन गर्ने नजिर बसेकाले जब सम्म साधारण सभा वा अधिवेशनले अनुमोदन गरेको हुँदैन तब सम्म सम्रक्षकहरुलाई बिधानत बर्खास्त गर्न नमिल्नुपर्ने र आई सी सी को विधानमा प्रमुख संरक्षकको काम कर्तब्य र अधिकारको बारेमा स्पस्ट ब्यबस्था गरेकाले कुन अवस्थामा बर्खास्त गर्न सकिन्छ भन्ने उल्लेख नभएको संथापक अध्यक्ष पौडेलले उल्लेख गरेका छन् | 

सनिबार नेपाल हल्याण्ड डटकममा प्रकासित समाचारबाट आफु ध्यानाकर्षण भएको भन्दै एनआरएन नेदरल्याण्ड्सको बर्खास्त पत्रमा भनिए अनुसारका आरोपहरुको जवाफ दिंदै नेपाल हल्याण्ड डटकमलाई जानकारी गराएका छन् |

पुर्व अध्यक्ष तथा प्रमुख संरक्षक श्री हरि पौडेलको ध्यानाकर्षण जस्ताको तस्तै |

आदर्णिय साथीहरु, नेपाल हलैण्ड डट कममा निस्केको खबर प्रति ध्यानाकर्षण गर्न चाहान्छु। एन आर एन नेदरल्याण्डले मेरो बिरुद्धमा लगाएको आरोप

“प्रमुख सनरक्षक जस्तो गरिमामय पदमा आसिन व्यक्तित्वबाट सन्स्थाको गरिमा, विस्वसनियता, मर्यादा, सिद्धान्त र यसका विधि विधान विरुद्ध समाजिक सन्जाल र मिडियामा अवान्छित कृया कलाप गरिएको” भनी आरोप लगाइएको सरासर गलत हो। सन्स्थाको गरिमा, विस्वसनियता, मर्यादा, सिद्धान्त र यसका विधि विधान विरुद्ध के अनैतिक काम मैले गरे त !!! देखाउनु परेन ? पदको लोभ मलाइ छ र ? डा. घले जी ले पहिलो कार्यकालमा मलाइ मनोनित गर्न खोज्दा मैले अन्य मित्रलाई अगाडि सारेर वहालाई दिनोस भनी आग्रह गरे। भवन भट्ट जी ले आफ्नो पालोमा सल्लाहकार पदमा मनोनित गर्छु भन्दा, मलाइ चाहिएको छैन भनी अस्विकार गरे जुन वहाले लक्सजम्बरको एन आर एन को कन्फ्रेन्समा केही व्यक्तिको समुहमा भन्नू भएको थियो कि एन आर एन मा पद को लागि मारामार हुन्छ तर हरि जी लाई पद दिदा स्विकार गर्नु हुन्न। अहिलेको जम्बोजेट एन आर एन ले पनि मलाइ पद को लोभ न दिएको हो र ? कुल आचार्य जी ले स्वयम् मलाइ फोन गरेर भन्नू भएको थियो कि दाइ किन तपाईं विरोध गर्नु हुन्छ। तपाइको लागि मैले फलानो पद दिने बिचार गरेको छु भन्दा वहालाई पनि मैले भने मलाइ पदको लोभ न दिनोस। मलाइ चाहिदैन। अर्थात यो नेदरलैण्डको प्रमुख सनरक्षकको पनि मलाइ कुनै लोभ थिएन। यो भन्दा अघिल्लो वर्ष पनि मलाइ अफर आउदा अस्विकार गरेको थिए। यसपालि पनि मलाइ अफर आउदा मैले चाहिदैन भनी अस्विकार गर्दा एन आर एन नेदरलैण्डका प्रेसिडेण्ट मिम पूर्जा, नेपाली जनसम्पर्कका निवर्तमान प्रेसिडेण्ट प्रेमजङ्ग गुरुङ र केही अन्य नेदरलैण्डका वरिष्ठ व्यक्तीहरुको अनुरोधबाट मलाइ यो स्विकार गर्न दवाबको महसुस भएपछि यसबाट पन्छिन मैले आफ्नो कुरो राखे कि साथीहरु म एन आर एन जम्बोजेटको समर्थक होइन त्यसकारण म यो पदमा आसिन हुन चाहन्न भन्दा मिम पूर्जा र प्रेम भाइ दुबैले भने कि हामी पनि एन आर एन जम्बोजेटको समर्थक होइनौ। मिम पूर्जा भाइले भन्नू भयो कि त्यसैले अहिलेसम्म एन आर एन नेदरलैण्डले जम्बोजेटका नेदरलैण्ड्का प्रतिनिधीहरुलाई अझैसम्म अफिसियल स्वागत गरि बधाइ दिएको छैन। अनि मैले आफ्नो सर्त राखे कि म जम्बोजेट एन आर एन को समर्थक न भएको कारण भविष्यमा पनि जम्बोजेटलाई सम्मान गर्न मलाइ बाध्य नगर्नु। यदि जम्बोजेट एन आर एन को सम्मान गर्न बाध्यता भएमा राजिनामा दिन्छु भन्दा मिम पूर्जा लगायत सबैले स्विकार गरेको हुनाले मैले प्रमुख सनरक्षकको अभिभारा उठाउन तयार भएको हो। अहिले हेर्दा प्रेसिडेण्ट मिम पूर्जा दुइवटा डुङ्गामा खुट्टा राखेर हिडेको देखियो। दुबैतिर ठिक्क। सायद आफ्नो पद जाला भनेर आफैले वचन दिएर स्विकार गरेको सत्यतालाई थेग्न सक्नु भएन। नेतृत्व गर्दा खुट्टा कमाएर वा डिक्टेटर भएर नेतृत्व बलियो हुदैन। पद जाला भनेर सत्य स्विकार गर्न डराउने र सत्य बोल्न नसक्ने व्यक्ती मध्ये म भइन। सत्य यहि हो। एन आर एन कार्य समितीबाट मलाइ यो पद स्विकार गर्न अफर पनि आएको थिएन। कार्य समितीले मनोनित गरि सकेपछी मलाइ बधाइ कल आउदा मैले के को बधाइ हो भनी सोद्धा, तपाइलाई प्रमुख सनरक्षकमा मनोनित गरियो भने। अनि जब मलाइ मनोनित गरिएको अफिसियल लेटर इमेलबाट आउदा मैले तुरुन्त जवाफ नदियी केहिदिन पछि ससर्त स्विकार गरे भनी इमेल पठाए। अर्थात मैले भन्ठाने मिनपूर्जा भाइले सायद मेतो सर्त कार्य समितीलाई भन्नू भयो होला। किनकी प्रमुख सनरक्षकको अफर कार्य समितीबाट मलाइ आएको होइन कि मनोनित हुनु केही दिन वा हप्ता अगाडि मिम पूर्जा भाइ तथा अन्य साथीहरुबाट आएको थियो।
मैले विधि विधान विरुद्ध वा एन आर एन नेदरलैण्डको गरिमामा चोट आउने कुनै कृया कलाप गरेको छैन। मलाइ सफाइ दिने मौका दिएको थियो भन्ने कुरो पनि गलत हो। जब प्राइवेट इमेल र मेसेन्जरबाट महामन्त्री सीता थापा बैनीबाट मैले मेसेज पाउँदा मैले मेसेज फर्काए र लेखे कि बैनी यसरी प्रावेट रुपमा पठाएको पत्र वा मेसेज को सहि जवाफ दिन सक्दिन। यदि एन आर एन को लेटर पैडमा लेखिएको पत्र, एन आर एन को अफिसियल इमेलबाट प्रेसिडेण्ट र महामन्र्तीको हस्ताक्षर भएमा यहाहरुको प्रश्नको जवाफ दिनेछु तर मैले सफाइ दिने कुनै मौका पाइन।
तिज कारिक्रम महिलाहरुको ठूलो चाड हो। यो चाडमा महिलाहरुको सम्मान र भुमिका अगाडि आउनु पर्ने हो तर एन आर एन जम्बोजेटका प्रतिनिधीहरुलाई आसन ग्रहण गरेर देखाउनु थियो त्यसकारण तिज जस्तो महिलाहरुको महत्वपूर्ण कार्यक्रममा पुरुष नै प्रमुख प्रधान भएको तिजमा लिएका फोटाहरुले प्रष्ट पारेको छ। हो त्यसैको विरोध गर्दा यो षडयन्त्र रचेका हुन। होइन भने खोइ मैले कहाँ , कुनबेला सन्स्थाको गरिमा, विस्वसनियता, मर्यादा, सिद्धान्त र यसका विधि विधान विरुद्ध कृया कलाप गरेको ? देखाउनु पर्यो नि ! परेन र ?

तर उल्टो एनआरएनए-नेदर्लैन्दको कार्यसमितिले मलाई प्रमुख सँरक्षकबाट बर्खास्त गरेर महान कार्य गरेको ठानेछ !

कुनै समय एनआएएनए एक महत्वपूर्ण र प्रतिष्ठित संस्था थियो जुन हामी सबैको रगत र पसिनाले सम्भव थियो तर संघको महाधिवेशन ताका हायत होटेल र हिमालन होटेलमा भएका आबैधानिक र निर्लज्ज गतिबिधिहरुले संघको साख शुन्यमा झारेको तमाम गैरआवासिय नेपालीहरुले भोग्नु परेको छ । एक विशुद्ध सामाजिक संस्थामा राजनीतिक र आर्थिक चलखेल तिब्र रुपले बढ्दै गएको देख्दा म आँफैले पटक पटक सचेत गराउदै एनआरएनएलाई यस्ता खाले बिक्रितीबाट बचाउनु पर्दछ भन्ने आवाज उठाउदै आइरहेको थिए तपाईंहरुलाई अबगतै छ । राजनीति, अर्थ र स्वार्थका कारण गत महाधिवेशनमा एनआरएनए दुई टुक्रामा बिभाजित भयो । त्यति मात्र नभएर हिमालयन होटेल वालाहरुले रातरात एनआरएनएको बिधानलाई मिचेर ३,३ वटा अध्यक्ष, १८ वटा उपाध्यक्ष र २५० जना कार्यसमिती सदस्य बनाएर संस्थामा बिल्कुल खराब नजिर बसाउन पुगे । यसरि संस्थालाई गलत बाटोमा लैजाने जुन निर्णय जो जसले गरे त्यस्मा मेरो लागाएत समस्त गैरआवासिय नेपालीहरुको गम्भिर आपत्ति छ र यस्तो निर्णय गरेर संस्थालाई धारासायी पर्दै आफ्नो पदिय स्वार्थलाई सुरक्षित गर्ने प्रबिर्तिको बिरोध गर्नै पर्छ र म गर्दै पनि जान्छु ।

तीजको कार्यक्रम पारि तिनै पदको लागि एनआर एनएलाई फुटाएका र समाजलाई भड्याएका पात्रहरुलाई एनआरएनए-नेदर्लैन्दको कार्यसमितिले आसनग्रहण गराएको हुँदा मेरो शर्त बिपरित काम कार्यसमितिले गरेको हुँदा म आँफै पनि यो कार्यसमितिको प्रमुख सँरक्षक हुन मलाई नसुहाउने कुरा मैले महसुस गरे त्यसैले म आँफैले राजिनामा गर्ने पक्षमा थिए र जम्बोजेटलाई मान्दिन बरु राजिनामा दिन्छु भनेर जानकारी पनि प्रतक्ष रुपमा दिए तर तपाईंहरुको राजिनामा पाउदा आफुले बाढार्नु पर्ने कसिङर हावाले बढारी दिएको अनुभुती भएको छ ।

तर जुन लान्छना तपाईंहरुले तपाईंहरुको बर्खास्त पत्रमा कार्यसमितिले लगाएको छ त्यो बिल्कुल निन्दनिय र खाण्डनिय छ । आफ्नो गल्तीलाई लुकाउन अरुलाई दोष थुपार्ने नियत यसले स्पष्ट पार्दछ । मैले एनआरएनएको बिधान र मर्म बिपरित बनेको जम्बो जेटको संस्थाको हितमा छैन र यसलै प्रोत्साहन गर्नु हुँदैन भनि मेरो बिचार बिचार राख्दा पदिय दुरुपायोग गरेको आरोप लगाउने ? जुन चोर उसैको ठुलो स्वर जस्तो गर्नु कति सम्म सान्दर्भिक होला ? यस्तै कार्यहरु गर्दै जानुहोस् तपाईंहरु प्रतिको बिश्वास् समाजले गुमाउदै जान्छ जसले गर्दा संस्थालाई ठुलो घाटा लाग्छ । पदमा रहेर एक पछि अर्को गलत निर्णयहरु गर्दै जानुलाई पनि पदिय दुरुपायोग भनिन्छ । सत्य लुकाएर लुक्दैन र बङ्याएर बङ्गिदैन। सत्य बोल्न र स्विकार गर्न साहस हुनु पर्छ र म मा त्यो साहस छ। मलाइ पद चाहिदैन भन्दा भन्दै पनि मेरो शर्त मानेर प्रमुख सनरक्षकको अभिभारा दिए। अहिले त्यही सत्य बाहिर आउदा अभिभारा दिनेले साहस गुमाए। मलाइ लाग्छ कहि न कहि म षणयन्त्रको सिकार भएको जस्तो लस्ग्छ। अवैधानिक रुपले, दशैको खसी काटेर भाग लगाएको जस्तो भाग लगाएर पदका लोभीहरुले पद बाडेर लियि गैर अवासिय नेपाली सन्स्थालाई दुइटुक्रा पार्ने यो जम्बोजेटको सधै विरोध गर्छु। सम्मान कसैले दिने होइन। सम्मान आफैले बनाउने हो। लुछालुछ गरेर पद बाडेर लिएर सम्मान पाइने होइन। नेपाली गैर आवासिय साथिहरु समक्ष मैले आफ्नो कुरो राखे। सत्य यहि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *