एनआरएन नेदरल्याण्ड्सले प्रमुख सम्रक्षक पौडेललाई गर्यो बर्खास्त |

नेदरल्याण्ड्स |     गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सले संथागत बिधि र बिधान बिपरित क्रियाकलाप गरेको विभिन्न आरोप लगाउदै प्रमुख सम्रक्षक बाट श्री हरि पौडेललाई बर्खास्त गरेको छ | सामाजिक संजाल र मिडियामा संथाको हित बिपरित अवान्क्षित क्रियाकलाप गरेको आरोप लगाउदै कार्यसमितिको सेप्टेम्बर २१, २०२२ मा बसेको १७ औं बैठकले प्रमुख संरक्षक बाट हटाएको समितिका अध्यक्ष श्री मिम पुर्जाले बताए | गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिको प्रमुख संरक्षक पौडेललाई पठाएको पत्रमा प्रमुख संरक्षक जस्तो गरिमामय पदमा आसिन ब्याक्तिबाट संथाको गरिमा,बिस्वासनियता,मर्यादा सिद्धान्त र संथाको विधि विधान बिरुद्ध सामाजिक संजाल र मिडियामा अभिब्याक्ती प्रकट गरेको आरोप लगाएको छ |

अध्यक्ष श्री पुर्जा संग फोन सम्पर्कमा श्री पौडेललाई प्रमुख संरक्षकबाट हटाइनु कारणको र पदपूर्तिको बारेको जिज्ञासामा भने “तिजको कार्यक्रमलाई लिएर सामाजिक संजाल फेसबुक मार्फत संथा प्रति आंच पुग्ने स्टाटस लेखेको र युरोप बाट प्रकासित एक अनलाईनमा संथागत गतिबिधि बिरुद्धमा अभिब्याक्ती दिएको हुँदा गरिमामय पदको दुरुपयोग गरेको आरोपको खण्डन गर्न लिखित जवाफ मागेको र चित्तबुझ्दो जवाफ नआएकाले कार्यसमिति ८५ प्रतिसत भन्दा बढी उपस्थित कार्यसमितिको निर्णय बमोजिम श्री पौडेललाई प्रमुख संरक्षकबाट हटाईएको हो अब चाडै कार्यसमितिको बैठकले रिक्त प्रमुख संरक्षक पदको पदपूर्ति गर्ने छ |”

यो बिषयमा श्री पौडेल संग नेपाल हल्याण्ड डटकमले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेकाले उहाँको धारणा राख्न असमर्थ भएकाले सम्पर्क भएपश्चात उहाँको धारणा स्पष्ट राखिने छ |

प्रमुख संरक्षक श्री हरि पौडेलले आफ्नो फेसबुक पेजमा एउटा फोटो सेयर गर्दै स्टाटस लेखेका थिए |

स्टाटस यस्तो थियो |

गैर आवासिय नेपाली सङघ नेदर्लैण्डले अहिलेसम्म जम्बोजेटका कथाकथित पदाधिकारीहरुलाई अफियल रुपमा स्वागत गरेर बधाइ दिने कार्यक्रम गरेको छैन। बिगतमा हेर्ने हो भने एन आर एन नेदरलण्डले मतदानद्वारा चुनिएर आएका पदाधिकारीहरुलाई तुरुन्तै स्वागत गरि बधाइ दिने गरेको थियो। त्यो क्षतीपूर्ती गर्न तिजको अवसरमा जम्बोजेटका पदाधिकारीहरुले महिलाहरुलाई प्रयोग गरे। स्वागत र बधाइ न भएकोले छटपटी यिनिहरुलाई निकै छ, त्यसकारण पछाडीको ढोकाबाट छिरेर आसन ग्रहण गर्ने गरेकाछन। महिलाहरुको तिज सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो। यस चाडमा महिलाहरुलाई विशेष महत्व दिनु पर्ने हो तर नेदरलैण्डको तिज प्रोग्राममा मन्चमा उपस्थित भएर लिएको यो फोटोले प्रष्ट पारेको छ कि यी जम्बोजेटका कथाकथित पदाधिकारीहरुलाई आफू आसन ग्रहण गरेर दिखाउनु पर्ने कति छटपटि रहेछ। कारिक्रम गर्न ढिलो भयो छिटो आउनुस भनी मलाइ टेलिफोन आउदा मैले सल्लाह दिएको थिए कि यो दिदीबहिनीहरुको ठूलो रमाइलो चाड हो यसमा आसन ग्रहण न गराउनु बरु केही उमेर पुगेका बरिष्ट महिलाहरुलाई उपस्थित गराइ कार्यक्रम गरे हुन्छ।
तर गर्ने के जबरजस्ती आफ्नो स्थान खोज्ने ती जम्बोजेटका महत्वाकान्क्षीहरुलाई आसन ग्रहण गर्नु पर्ने थियो। फेरि आसन ग्रहण सकिएपछि जम्बोजेटका प्रतिनिधीहरु सबै रफ्फुचक्कर भए। आसन ग्रहणको लागि मात्र आएका थिए। हिमाल गुरुङ भानिजलाई भने देखेको थिए। गैर आवासिय नेपाली सङ्घ अहिले विश्वभरी नै दुई चिरा भएको छ। स्वयम् कुल आचार्यलाई एन आर एन बेलायतले अफिसियल रुपबाट स्वागत बधाइको कार्यक्रम गरेको छैन। विश्वका कतिपय देशमा दोश्रो एन आर एन सन्स्था धमाधम खुल्दैछन। यी सबका कारण एन आर एन का अग्रजहरु कै आफ्नो व्यक्तिगत स्वार्थ हो। विश्वभरी कै एन आर एन का साधरण सदस्यहरुले अफुलाई ठगिएको महसुस गरेका छन। एन आर नेदरलैण्डको प्रमुख सनरक्षको प्रस्ताव म नीर आउदा मैले कोहि अरुलाई नै दिनु मलाइ चाहिदैन भन्दा प्रेसिडेन्ट लगायत अन्य नेदरलैण्डका वरिष्ट व्यक्तीहरुले प्रेसर गर्न थाल्दा मैले भने कि म जम्बोजेटको समर्थक होइन त्यसकारण मलाइ यो पद स्विकार छैन। एन आर एन नेदरलैण्डको चुनाव हुदा पनि म प्रेसिडेण्ट मिम पूर्जाको समर्थन खेमामा थियिन। मिम पूर्जाबाट पनि प्रमुख सनरक्ष प्रस्तावको प्रेसर आउदा मैले प्रष्ट रुपमा शर्त राखे कि म कथाकथित एन आर एन जम्बोजेटको समर्थन गर्दिन। यदि जम्बो जेटलाई मैले समर्थन गर्नु पर्ने बाध्यता आए राजिनामा दिन्छु।
मेरो शर्तलाई प्रेसिडेन्ट मीन पूर्जा र प्रस्ताव ल्याउने अन्य वरिष्ट व्यक्तीहरुले मन्जुर गरे बापत मैले स्विकार गरे। एन आर एन नेदरलैण्डबाट प्रमुख सनरक्षकमा मलाइ मनोनित गरेको इमेल आउदा मैले सशर्त स्विकार गर्छु भनी इमेलको जवाफ दिएको छु।व्यक्तिगत रुपले जम्बोजेटका पदाधिकारीहरुसङ्ग मेरो कुनै मतभेद वा रिसइबि छैन तर यिनिहरुले सन्सार भरी कै एन आर एन का साथिहरुलाई झुक्याएर एन आर एन सन्स्था दुई टुक्रा पार्नमा सहयोग गरेका हुन। अब एन आर एन लाई एकवद्द पार्ने हो भने सबैभन्दा पहिले कथाकथित एन आर एन जम्बोजेटले प्रतक्ष रुपमा विश्वभरी कै एन आर एन साथीहरु समक्ष क्षमा माग्नु पर्छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको २२ अप्रिल २०२२ मा बसेको कार्यसमितिको ७ औं बैठकले पुर्व अध्यक्ष श्री हरि पौडेललाई प्रमुख संरक्षक पदमा नियुक्त गरेको थियो |

Share