चितवन समाज नेदरल्याण्ड्सको तदर्थ समिति गठन |

नेदरल्याण्ड्स |   यहि अगष्ठ २३ तारिखका दिन नेदरल्याण्ड्समा बसोबास गर्दै आएका चितवनबासी नेपालीहरुलाई आपसी भाइचारा, सदभावका साथ गोलबन्द गर्ने र आफ्नो क्षेत्रमा देखिएका समस्याहरु पहिचान गरि समाधानका उपायहरु अवलम्बन गर्ने उदेश्य अनुरुप एक बृहद कार्यक्रम आयोजना गर्दै चितवनबासी नेपालीहरुको भेला आयोजना गरिएको श्री उत्तम कंडेलले जानकारी गराएका छ्न |

उक्त भेलाले चितवन बासीहरुको अभिलेख र समस्याहरुको पहिचान र निराकरण गर्नका लागि एउटा समितिको आवश्यकताको महसुस गर्दै तदर्थ समिति गठन गरेको छ | नेदरल्याण्ड्समा बसोबास गर्ने सम्पूर्ण चितवन जिल्लाबासीहरुलाई एउटै ठाउँमा गोलबन्द गरि यहाँ भइपरि आउने समस्याहरूको निराकरण र हरेक सुख दुखमा एकअर्कालाई सहयोग गर्नै उदेश्यले संस्थागत गरि विभिन्न कार्यक्रमहरु मार्फत एक अर्कामा खुशी आदानप्रदान गर्नै उद्देश्यले चितवन समाज नेदरल्याण्ड्सको गठन गर्नै निर्णय गरिएको तदर्थ समितिका संयोजक श्री कृष्ण राज अधिकारीले नेपाल हल्याण्ड डटकमलाई जानकारी गराएका छन् |

तसर्थ समितिको सल्लाहकारहरुमा श्री उत्तम कंडेल, श्री खेम सापकोटा, श्री शिव सेंड़ाई र श्री लिलाधर गैरेलाई राखिएको छ |

त्यसैगरी समितिको संयोजकमा श्री कृष्ण राज अधिकारी सदस्यहरूमा क्रमस: श्री शम्भु सुबेदी, श्री बालकृष्ण गुरुङ, श्री बिक्रम खड्का, श्री बिष्णु बास्तोला, श्री बसन्त पौडेल, श्रीराजीव पोख्रेल, श्री राजु गुरुङ, श्रीमति लक्ष्मी देबी गैरे, श्री ईन्द्र कंडेल, श्रीमति अर्चना पाण्डे निरौला रहेको समितिका संयोजक अधिकारीले जानकारी गराएका छन् |

Share