बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहिबार निधन  भएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनीका निजि डाक्टरहरुको नियमित उपचारमा रहेकी थिइन्। स्वास्थ्यमा अरु थप समस्या देखिएपछी उनलाई केहिले रोक्न सकेन र बिहिबार स्कटल्यान्डको बालमोरल दरबारमा उनको ९६ बर्षको उमेरमा निधन भएको रोयल प्यालेसले जनाएको छ | महारानी एलिजाबेथको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्।

एलिजावेथ अलेक्जेन्ड्रा मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन्। त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन्। किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन्। सन् १९४७ मा उनले राजकुमार फिलिपसँग विवाह गरिन्। जो युद्धको समयमा उनका प्रेमी थिए। उनको सन् २०२१ मा निधन भयो। सन् १९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन्। राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्याभिषेक समारोह आयोजना गरिएको थियो।

उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर–इन–चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख पनि थिइन्। अब ती सबै पदवी स्वतः उनको छोरामा सर्नेछ। उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन्। रानी एलिजावेथको शासनकालमा विन्स्टन चर्चिलदेखि नवनियुक्त प्रधानमन्त्री लिज ट्रससम्म १५ जना अलगअलग प्रधानमन्त्री बने। सन् २०१५ मा उनकी जिजुबजु महारानी भिक्टोरियालाई उछिन्दै उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी बनिन्।

वि.सं २०१७ सालमा पहिलो पटक महारानी एलिजावेथ द्वितीय वि.सं २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। उनको उक्त भ्रमण विश्वव्यापी रुपमा चर्चा पाएको थियो | तत्कालिन राजा महेन्द्रले पंचायती व्यवस्था लागु गरे लगत्तै उनको पहिलो भ्रमण थियो भने वि.स.२०४३ मा राजा बिरेन्द्रको निम्तामा महारानी एलिजाबेथले नेपाल भ्रमण गरेकी थिईन |

Share