एनआरएन नेदरल्याण्ड्सको आयोजनामा बेजोड सांगीतिक तिज धमाका सम्पन्न |

नेदरल्याण्ड्स  |   गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सले यहि बिगत झैँ यस वर्ष अगष्ट २७ तारिखका दिन नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरेर तिज धमाका सम्पन्न गरेको छ |

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष नारायण आचार्यको प्रमुख आतिथ्य र संघका अध्यक्ष मिम पुर्जाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो | प्रमुख अतिथि आचार्यले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए  भने नेदरल्याण्ड्समा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष साथै प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति थियो |

नेपालका ख्यातिप्राप्त कलाकारहरु पार्वती जिसी, चेलेन्द्र पौडेल र तुलसी क्षेत्रीको बेजोड प्रस्तुतिलाई साथ दिदै उपस्थित महिला पुरुषहरु छमछमी नाचेका थिए |

उत्कृष्ठ खानाको ब्यबस्था गरेकाले मिष्ठान्न भोजनको परिकारहरुको स्वादमा सहभागीहरु सांगीतिक माहोलमा बेजोड नृत्यकासाथ  रमाएको देखिन्थ्यो | मनोरन्जन सहितको तिज कार्यक्रमलाई सभ्य र भब्य बनाउने सहयोगी मनहरु र सहभागीहरुलाई हार्दिक  बरिष्ठ उपाध्यक्ष तथा ब्यबस्थापन समितिका संयोजक बिष्णु पोखरेलले हार्दिक धन्यबाद दिएका छन् |

कार्यक्रमको शोभा बढाउनका लागि पाँच युरोको टिकटमा बम्पर उपहार सुनको तिलहरी राखिएको थियो | उक्त बम्पर उपहारको बिजेता श्रीमती रष्मिता पराजुली भएकी थिईन | अन्त्यमा उपश्थित ख्यातिप्राप्त कलाकारहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो |

Share