नेपाली चेली सुनमाया फ्रान्समा बनिन उपबिजेता

इन्दिरा चाम्लिंग,  ब्रसेल्स    फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किलोमिटर विधामा नेपालकी चेली सुनमाया बुढा मगर दोस्रो भएकी छिन् । नेपालको अति बिकट जुम्ला जिल्लामा २३ बर्ष अघि जन्मिएकी बुढामगर “दि नर्थ फेस एडभेन्चर” क्लबका लागि खेलेकी सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै यसै हप्ता दोस्रो स्थान हासिल गरेकी हुन् ।

उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग भन्दा पछि पर्दै दोश्रो भएकी हुन् । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिईन । अमेरिकाकी घाविका अबी हलले निर्धारित दुरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरिन् । गतवर्ष थाइल्याण्डमा भएको यूटीउमबीमा पहिलो भएपछि उनले विश्व च्याम्पियनसिपको मान्यता पाएको यस अल्ट्रा दौडमा छनोट भएकी थिइन् ।

बाल्यकाल देखी नै दौडमा लगाव राख्ने बिश्व चर्चित ऊपबिजेता बुढा करिब तीनहजार मिटर उचाईमा जन्मिएकी ऊनि अध्ययन गर्ने जुम्ला कै स्कूलमा हुने छोटो लामो दुरीको प्रतियोगिताहरूमा बिजयी बन्दै आफ्नो खेल यात्रा अगाडी बढाएकी हुन् । उनले कर्णाली स्पोर्टस क्लब जुम्लामा रहेर आफ्नो तालिम लिने गरेकी थिईन ।

सन २०१६मा रिकार्ड बोल( Richard Boll)ले आयोजना गरेको काठमाण्डौं स्थित गोदावारी ट्रेल रनिंगमा पहिलो पटक भाग लिएकी सुनमायालाई दौडकला राम्रो प्रदर्शन गरेकै कारण बालाजु काठमाण्डौं बस्ने बिश्व चर्चित अल्ट्रा रेस धाविका मिरा राईसंग बस्ने र तालिमको अवसर प्राप्त गरिन । छोरी गाऊबाट आफ्नो पढाई छोडेर खेलकुदको लागि शहर गएकी सुनमायाको बाबाआमालाई मन परेको थिएन । तर छोरी काठमाण्डौं बसेर बिभिन्न दौड प्रतियोगितामा राम्रो गर्दै गएकीले बाबा-आमा पनि छोरीको दौडने चाहाना र खुसी प्रति सन्तुष्ट बनेको बिजय पश्चात प्रतिकृया दिईन ।

विश्वको कठिन दौडमा सबै विधामा गरि २५ सय भन्दा बढी खेलाडी सहभागी हुने गर्छन् । त्यसअघि सुनमायाले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दौडमा सहभागिता जनाउँदा सातौं स्थान हासिल गरेकी थिइन् ।

हंगकंग र थाईल्याण्डमा २०१७ मै उनी सलोमोन योंग एकाडेमीको लागि छनोट भएर ट्रेनिङ्ग पनि लिएकी बुढाले त्यहाको UTM ११० किमी प्रतियोगिता पनि जितेकी थिईन ।

ऊनि अहिले बिश्व चर्चित ट्रेड मार्क नर्थ फेसको टिममा आबद्ध छिन। उपबिजेता सुनमाया बुढा मिरा राई इनिसीएटिभ (Mira Rai Initiative)को पहिलो छात्रा हुन । बिश्व चर्चित अल्ट्रा रेस धाविका मिरा राईले गतबर्ष ईटालीमा सम्पन्न वर्ल्ड च्याम्पियनसीपमा दोश्रो स्थानको उपाधी जितेकी हुन ।

फ्रान्समा संगै रहेकी मिराले सुनमायाको सफलतामा प्रतिकृया दिदै भनिन मिरा राई इनिसीएटिभ फाउण्डेशनको उदेश्य नै नेपालमा हजारौ सुनमायाहरू लुकेर ,अबसर नपाएर बसेका छन । हामी ऊनिहरूको खोजी , प्रतिभाको पहिचानसंगै प्रोत्साहन र अबसर खोज्ने काम गर्छौ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *