पूर्वेली समाज नेदरल्याण्ड्सको पहिलो अधिवेशन सम्पन्न, कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन |

नेदरल्याण्ड्स |   अक्टुवर २८ तारिख आइतबार पूर्वेली समाज नेदरल्याण्ड्सको पहिलो अधिवेशन सम्पन्न भएको छ | अन्तराष्ट्रिय नेपाली कलाकार समाज ( ईनास) का ग्लोबल अध्यक्ष श्री पुष्प बरुवालको प्रमुख आतिथ्य  र एनआरएनए नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष श्री शशी पौडेलको बिशिष्ठ आतिथ्य साथै ब्यबसायी संघ बेल्जियमका अध्यक्ष श्री यामु निरौलाको अतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको हो |

श्रीमती नन्दा राईको अध्यक्षतामा बनेको तदर्थ समितिलाई ६ महिना भित्र नयाँ कार्यसमिति चयन गर्नकालागी अधिवेशन आह्वान गर्न तत्कालिन पूर्वेलीहरुको भेलाले अधिकार दिएको थियो तर समय प्रतिकुल अवस्था भएकाले र संस्थालाई दर्ता प्रक्रियामा केहि समय लागेकाले समयमा अधिवेशन गर्न नसकिएको अध्यक्ष राईले अधिवेशनमा जानकारी गराएकी थिइन |

 

अधिवेशनले निम्न कार्यसमिति चयन गरेको छ |
अध्यक्ष:- श्री अच्चुत कट्टेल ,
उपाध्यक्ष :-श्री बिर्ख सुब्बा ,
महासचिव :-श्री धर्म कार्की,
सह-महासचिव :- श्री प्रकाश सुब्बा,
कोषाध्यक्ष :- श्री निरज बिष्ठ,
सदस्य :- श्री डम्बर कोइराला ,
सदस्य :- श्री प्रनिल वस्ती,
साथै सम्रक्षकमा श्रीमती नन्दा राई लाई चयन गरेको छ |

कार्यक्रम संचालन श्री  निरज बिष्ठले गरेका थिए भने आर्थिक प्रतिवेदन श्री डम्बर कोइरालाले प्रस्तुत गरेका थिए | संस्थाको बिधान देखि संस्था दर्ता प्रक्रिया सम्म आफ्नो समय खर्चेर संस्थाप्रति योगदान पुर्याएका श्री शशी पौडेल प्रति अधिवेशनले बिशेस धन्यवाद दिएको थियो |

Share