नेपाली कांग्रेसका बौद्धिक नेता गिरीको निधन |

काठमाण्डौं।      नेपाली कांग्रेसका नेता प्रदीप गिरीको उपचारको क्रममा निधन भएको छ । सिराहा क्षेत्र नम्बर एकका लागि प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारकै क्रममा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले बताएको हो ।

 “जनताले जे चाहन्छन मैले त्यहि पक्षमा सडक  र सदनमा बोलेको छु, एक पटक,दुई पटक हैन धेरै पटक बोलेको छु | जबसम्म गाउँमा रोजगार हुँदैन, नेपाल देश धनि हुन सक्दैन, देश धनि नभएसम्म युवा शक्ति तातो भूमिमा रोजगारीका लागि धाउन बाध्य हुनेछन् त्यसैले रोजगारीका अवसरहरु आफ्नै देशमा शृजना गर्नु राज्यको दायित्व हो |” नेता गिरि |

 

 

विगत तीन सातादेखि गिरीको उपचार भइरहेका गिरिलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो ।  लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पताल भर्ना भएका थिए । अस्पतालले जनाए अनुसार घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।

Share