प्रतिनिधि सभाले राष्ट्रपतिद्वारा फिर्ता भएको नागरिकता विधेयक पुनः जस्ताको तस्तै पारित |

काठमाण्डौ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले आज बिहीबार जस्ताको तस्तै पारित गरेको छ ।

बिहीबार प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये नागरिकता विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै सन्देश सहित साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् । यसअघि बैठकमा गृहमन्त्री बालकृष्ण खॅाडले राखेको राष्ट्रपतिको सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत रुपमा पारित गरियोस् भन्ने प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।

नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था राख्नुपर्ने माग एमाले सांसदहरूले गर्दै आएका थिए ।

 

Share