एनआरएनए नेदरल्याण्ड्सको बिशेष कार्यक्रम सम्पन्न |

नेदरल्याण्ड्स  गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सले गत जुलाई १८  तारिख एक बृहद कार्यक्रम आयोजना गरेर सफलतापुर्वक सम्पन्न गरेको छ | नेपाली समुदायमा लामो समयदेखि एक आपसमा भेटघाटको अवसर नभईरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरेर सम्पन्न गरेको संघका सचिव पेमा लामाले जानकारी गराए |

खुल्ला आकासमा रमणीय वातावरण र अनुकुल मौसमको अवस्था रहेकाले खानपिनको राम्रो ब्यवस्था गरिएको, सांगीतिक कार्यक्रम, खेलकुद र हाजिरीजवाफ जस्ता कार्यक्रमको संचालन गरि पुरस्कारको समेत व्यवस्था गरिएकाले संघले गरेको उक्त बार्बिक्यु कार्यक्रम फलदायी र उपलब्धिमुलक रहेको साथै उपस्थित हुनुभएका धेरै नेपालीहरुले एनआईसी नेपाल(NIC Nepal)लाई सहयोग गरेको संघकी महिला उपाध्यक्ष सिता सापकोटाले बताईन।

सधैझैँ उक्त दिन मौसम अत्यन्त गर्मि रहेकाले मौसमलाई मध्यनजर गर्दै जेष्ठ नागरिक बुवाआमा र साना बालबालिकाहरुका लागि बिशेस टेन्टको व्यवस्था गरिएको र सम्पूर्ण कार्यक्रमको संयोजन गर्नका लागि उपाध्यक्ष खेम सापकोटालाई संयोजक तोकिएको महिला उपाध्यक्ष सापकोटाले बताईन। कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्नुहुने सम्पूर्ण नेपाली समुदायमा संघले हार्दिक आभार प्रकट गरेको जनाइएको छ |

Share