ख्यातिप्राप्त कलाकार बरालको साथमा हरितालिका तीज मनाउदै |

नेदरल्याण्ड्स |   नेपाली भाषा र संस्कृतिको प्रवर्धन र रक्षार्थको लागि प्रवासमा विभिन्न संघ संथाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरि विभिन्न चाडपर्वहरु मनाउदै आइरहेका छन् | यसैलाई निरन्तरता दिंदै नेदरल्याण्ड्समा रहेको नेपाली व्यवसायी संघ नेदरल्याण्ड्स र म्युजिक फाउण्डेशन नेदरल्याण्ड्सले अन्य संघसंथाहरु संग सहकार्य गर्दै नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको कार्यक्रम आयोजना गर्ने भएको छ |

यहि अगष्ठ ८ तारिख सोमबारका दिन साँझ ५ बजेदेखि गर्ने कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकार याम बरालको बेजोड प्रस्तुति रहने व्यवसायी संघका अध्यक्ष जि एन देवकोटाले जानकारी गराएका छन् | बरालका ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘निष्ठुरीले छाडेर गैहाली’ जस्ता चर्चित गीतहरुको साथमा अन्य स्थानीय कलाकारहरुको समेत गायन र नृत्यको बेजोड प्रस्तुतिले कार्यक्रम अझ मनोरन्जनात्मक हुने फाउण्डेशनकि अध्यक्ष साबु पौडेलले बताइन |

आयोजकका अनुसार कार्यक्रम स्थल: Rhoneweg 12, Amsterdam, Rhone Events Center मा हुने र उक्त स्थानमा पार्किंग शुल्क नलाग्ने जनाइएको छ |

Share