नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्ड्सले पहिलो चरणको सांगीतिक कक्षाको समापन गर्दै |

नेदरल्याण्ड्स | नेपाल म्युजिक फाउण्डेशनले नेदरल्याण्ड्समा रहेका नेपाली भाषी बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृतिको पहिचान र जानकारी गराउने उदेश्यले केहि समय अघि संचालन भएको सांगीतिक कक्षाको यहि जुन २६ तारिख आइतबार बिहान ९:३० बजे देखि पहिलो चरणको समापन कार्यक्रम गर्ने भएको छ | फाउण्डेशनले संचालन गरेको सांगीतिक कक्षामा बालबालिकाहरुलाई नेपाली बाजा गितार  र मादल बजाउन सिकाउनुको साथै अर्को चरणको कार्यक्रम चाडै  नेपाली भाषा, योग शिक्षा समेत दिइने भएको छ  |

फाउण्डेशनले  नेपाली भाषी बालबालिकाहरुलाई नेपाली भाषाबाट नेपाली सांगीतिक कक्षा संचालन गर्नका लागि शरद जोशीको संयोजकत्वमा कक्षा संचालनका लागि आवश्यक प्रस्ताव सहितको प्रतिवेदन पेश गर्दै कसरि कक्षा संचालन गर्न सकिन्छ भन्ने बिषयमा जिम्मेवारी दिदै एक समिति तयार गरेको थियो | सबै पूर्वाधार तयार भैसकेपछि शरद जोशीले सांगीतिक कक्षा संचालन गरेका थिए |

कक्षा संचालनको क्रममा दुई दर्जन भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको र विभिन्न चरणमा कक्षा संचालन गरिने फाउण्डेशनकि अध्यक्ष साबु पौडेलले जानकारी गराएकी छिन | कक्षा संचालनका लागि आधारभूत साधन श्रोतको लागि नेदरल्याण्ड्स स्थित विभिन्न संघसंथाहरु र सरकारी निकायहरुमा समन्वय गर्ने जिम्मेवारी अम्बिका गिरि, रष्मिता कोइराला, डम्बर कोइराला र सूर्यराज गिरि, व्यवस्थापन समितिका संयोजक शरद जोशी, संरक्षकिय भूमिका निर्वाह गर्दै आउनुभएका शशी पौडेलको निर्देशनले अझ सहज भएको  अध्यक्ष पौडेलले नेपाल होल्याण्ड डटकमलाई बताइन |

सांगीतिक कक्षा संचालनको समापन यहि २६ तारिख हुने भएकाले नेदरल्याण्ड्समा रहेका सम्पूर्ण नेदरल्याण्ड्सबासिलाई निमन्त्रणा गरिएको र कारणबस जानकारी  प्राप्त हुन नसकेमा यसैलाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको महासचिव राजेन्द्र शर्माले जनाएका छन् | फाउण्डेशनको यो कार्यको नेदरल्याण्ड्सको नेपाली समाजले अनुकरणिय कामको थालनी गरेको भन्दै बिशेष महत्वका साथ लिएको देखिन्छ |

 

Share