इन्जिनियर शर्माको शब्द रचनामा कर्णप्रिय गित सार्वजनिक |

नेदरल्याण्ड्स |    लामो समयदेखि नेदरल्याण्ड्सको द हेगमा परिवार सहित  बस्दैआएका इन्जिनियर डीपी शर्मा मैनालीको कर्णप्रिय मार्मिक गित सार्वजनिक भएको छ | आफ्ना अभिभावकहरुले आफ्ना सन्तानलाई कतिको अभिभावकत्व निभाएका हुन्छन र हुनुपर्छ भन्ने संदेश शर्मा द्वारा रचना गरिएको मार्मिक गित बाट झल्को दिएको छ | बाबा र आमाले सन्तानका लागि गरेको त्याग र सन्तानका लागि  आफ्ना अभिभावकहरुले दिएको बिर्सन नहुने अविस्मरणिय ज्ञानहरु  उक्त गीतमा दिईएको छ | उक्त मार्मिक गीतको  प्रेम उप्रेतीले म्युजिक कम्पोज गरेका हुन भने  कर्म ग्याल्चेनको स्वरमा पबित्रा र बिनुसाले महिला स्वरले साथ दिएका  छन  ।

म आमा हु तिम्रो म बाबा हु तिम्रो, आज किन पराइ ठान्छौ मलाई, कतिन्जेल बाँच्नु ए दैव भित्रि मन जलाई-भित्रि मन जलाई |
मैले तिम्रा लागि फराकिला बाटाहरु खनें, कहिले गुण कहिले ज्ञानका श्रोतहरु बनें, किन रोज्छौ यति साँघुरो गोरेटोलाई किन ठान्छौ यति अज्ञानी तिमि मलाई |
इश्वरीय मातृ रुप बाबा तिम्रो भई रहें,छाती फुटाई कति चोटहरु कति सहि रहें -कति सहि रहें|
किन यति तुच्छ सम्झन्छौ तिमि मलाई, किन यति पराई बनाउछौ तिमि मलाई |
राखेस है मेरो बचन संघालेर बाबु तिमीले, ओखती बन्ने छन् ति सम्झेर बाबु तिमीलाई !
बाँकी के नै छ र म मा दीन अब बाबु तिमीलाई ?
केवल छन आशिर्वादहरु मेरा बाबु तिमीलाई | म आमा हु तिम्रो म बाबा हु तिम्रो |

प्रवासमा नेपाली भाषा र संस्कृतिको प्रवर्धन र बिकासमा विभिन्न क्षेत्रमा आवद्ध शर्मा अन्तराष्ट्रिय नेपाली कलाकार समाज ईनास र नेपाल म्युजिक फाउण्डेशन संग स्थापना कालदेखिनै निरन्तर संलग्न रहेका छन् | नेपाली भाषी इन्जिनियर्स एसोसियसनका अध्यक्ष समेत रहेका शर्मा डेल्फ युनिभरसिटी नेदरल्याण्ड का प्रशिक्षक र अनुसन्धानकर्ता पनि हुन | झापा जिल्ला स्थाई बसोबास भएका शर्मा अमृत साईन्स क्याम्पस काठमाण्डौबाट बिज्ञान बिषयमा अध्ययन गरेर बैज्ञानिक अनुसन्धानको अध्ययनका लागि नेदरल्याण्ड्सआएका थिए |

Share