पॅाचौ मिडलैन्ड नेप्लिज क्रिकेट लिगको उदघाटन आईतबार ५ मे मा गरिने

बेलायत,

बेलायतको मिडलैन्डमा २०१९ बाट संचालित मिडलैन्ड क्रिकेट लिग को पॅाचौ शंस्करण मे ५ आईतबार बाट शुरु हुने भएको छ । निकट भबिष्यमा मिडलैन्डको नेपाली समुदायबाट क्रिकेटमा कम्तिमा एक ईङगलैन्डको राष्ट्रिय खेलाडी तयार गर्ने र युबाहरुको अमुल्य जीवन  लागु औसध र दुर्बेशनमा नपरोस भन्ने उद्धेष्यका साथ मिडलैन्ड क्रिकेट लिगको शुरुवात गरिएको हो। मिडलैन्ड क्रिकेट लिगका संस्थापक एवं साझा नेपाली समाजका अध्यक्ष दिपक सापकोटाका अनुसार यो बर्ष पॅाच टिमको विचमा प्रतिस्पर्धा हुनेछ। गोर्खा टाईगर लेस्टर,नटिङगहम गोर्खा,ऊल्भरहाम्टन वारियर, बर्मिङगहम राईनो र नेप्लिज वारियर पिटरव्रो को विचमा २६ समुह चरणको खेल हुनेछ भने फाईनल ४ अगस्टमा हुनेछ। सदाझै यो बर्षपनी साझा नेपाली समाजले लिगको समन्वय गर्नेछ। साझा नेपाली समाज मिडलैन्ड क्रिकेट लिगको प्रमुख प्रायोजक हुनेछ।प्रायोजक खर्च च्यारिटि सॅाझको आयोजना गरी संकलन गरिनेछ।यसको जिम्मा कार्यसमितिले अध्यक्ष लगायत ट्रष्टिहरु लाई प्रदान गरेकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *