सिन्धुपाल्चोक लगायत देशको विभिन्न भागमा भिषण बाढी, धनजनको ठुलो क्षति

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीका कारण ठुलो धनजनको क्षति भएको छ । स्थानिय प्रशासनका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना कर्मचारी सहित ५० औं जना बेपत्ता भएका, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुल सम्पूर्ण बिनास गरेको छ । नदी किनारामा रहेका सम्पूर्ण संरचनाहरु ध्वस्त बनाएर अर्बैंको क्षति पुर्‍याएको छ ।

आज सामाजिक सञ्जाल फेसबूकमार्फत विभिन्न राजनीतिक पार्टीका नेता तथा मन्त्रीहरुले आफ्ना कार्यकर्ताहरुलाई र देशबासी जनसमुदायहरुलाई प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक रही उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका छन् ।

नेपालमा भरखरै आएको अविरल बर्षाका कारण देशको अन्य  विभिन्न भागमा समेत ठुलो धनजनको क्षति भएको छ | अविरल बर्षाको कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा-बुटवल सडकखण्डको तानसेन नगरपालिका -८ को गौडेपुल नजिक ४५ मिटर भन्दा बढी सडक बगाएको छ |आज सामाजिक सञ्जाल फेसबूकमार्फत विभिन्न राजनीतिक पार्टीका नेता तथा मन्त्रीहरुले आफ्ना कार्यकर्ताहरुलाई र देशबासी जनसमुदायहरुलाई प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक रही उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *