वरिष्ठ गायक संगीतकार प्रधानको निधन,संगीत क्षेत्रका लागि अपूरणिय क्षति

नेपाली गायन क्षेत्रका मुर्धन्य श्रस्टा एवं वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।  वरिष्ठ गायक तथा संगीतकार  प्रधानको निधनले सांगीतिक  क्षेत्रलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ।

उनको उपचारका क्रममा काठमाडौं स्थित न्युरो एन्ड डेन्टल अस्पतालमा मृत्यु भएको हो।छातिमा निमोनिया भएको कारण उनलाई केही दिन अघि अस्पताल भर्ना गरिएको थियो।

उनका गितले नेपाली मौलिकता ,रास्ट्रियता र संस्कृती जगेर्नाका खातिर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।उहाँले नेपाली सांगीतिक क्षेत्रमा पुर्याउनुभएको योगदान  अनुकरणीय रहिरहनेछ। प्रधानको निधनबाट नेपाली कला र संगीत क्षेत्रले मुर्धन्य व्यक्तित्व गुमाउँन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *