युरोप संयोजक आचार्यको आग्रहमा एन आर एन रशिया द्वारा २० लाख सहयोग

रशिया, गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद रसियाले कोरोना राहत कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ । मई १६ तारिखको एन आर एन युरोप क्षेत्रीय बैठकमा एन आर एन रशियाले एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको भएता पनि युरोप संयोजक नारायण आचार्यले राष्ट्रिय समन्वय परिषद रशियाका अध्यक्ष शिव मणि भुर्तेललाई सहयोग रकम बढाउन आग्रह गरे अनुसार रु १० लाख सहयोग गर्ने प्रतिबद्धता गरेका थिए | उपेन्द्र महतो, जीवा लामिछाने जस्ता होनोहार समाजसेवी तथा एन आर एन अभियन्ता जन्माएको एन आर एन रशियाले नेपालको विषम परिस्थिमा टुलुटुलु हेरिरहनु नहुने भन्दै समाजसेवी तथा एन आर एन अभियन्ता अध्यक्ष भुर्तेलले गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको खातामा रु २० लाख पठाएका छन् | सामाजिक कार्यमा मन भए धन केहि होइन रहेछ भन्ने ज्वलन्त उदाहरण रशियाका एन आर एन अध्यक्ष भुर्तेलले देखाएकाले अरु एन सी सी हरुलाई सहयोगमा तदारुकता देखाउन एन आर एन ए युरोप संयोजक नारायण आचार्यले आग्रह गरेका छन् | पछिल्लो पटक नेपालमा देखिएको कोराना महामारी मा सहयोग का लागी एन आर एन बेलायत लगायत यूरोप क्षेत्र बाट मात्र करिव साढे  तिन करोड रुपैयाँ बरावरको राहत संकलन गरेको आचार्यले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *