पत्रकार महासंघ यूरोपको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेदरल्याण्डस्। आज डिसेम्बर ३१ तारिखका दिन नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नयाँ वर्ष २०२३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट शनिवार साँझ आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तव्यका साथ पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद ठाकुर गैरेले देशको आर्थिक अवस्था गम्भीर रहेको बताउँदै आगामी वर्षमा देश समृद्धिको बाटोमा जाने विचार व्यक्त गरे । उनले आगामी दिनमा विदेशमा बस्ने नेपाली समूदायका मागहरुलाई नेपालको संसदमा बुलन्द पार्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिकी महिला  उपाध्यक्ष यासमिन वेगम सैयदले पुरानो वर्षका नकरात्मक कुरा विर्सेर नयाँ वर्षमा अघि बढ्न सुझाव दिंदै नयाँ वर्षको शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले शुभकामना मन्तव्य दिदै पत्रकारहरुलाई अभिव्यक्ति स्वतन्त्रा कुण्ठित हुने काम भएकाले सन् २०२१-२२ भन्दा आगामी बर्षहरुमा काम गर्न अझै पनि चुनौती रहन सक्ने बताए । उनले पत्रकारहरुलाई निरत्साहित गर्न समाजिक संजाल मार्फत नयाँनयाँ चुनौती थपिएको बताए । उनले नयाँ वर्षमा प्रेस स्वतन्त्रता अझ मजबुत बनाउँदै अघि बढ्न सकियोस् भनेर शुभकामना दिए ।

कार्यक्रममा काठमाडौका लागि पोर्चुगलका बाणिज्यदूत तथा उद्योगी राजेन्द्र खेतान, पत्रकार चिरन शर्मा, एनआरएनए उपमहासचिव गंगाधर गौतम, सचिव राधिका गुरुङ (टीका), प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय समितिका अध्यक्ष संजय थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने,पत्रकार महासंघ बेलायत शाखाका पुर्व अध्यक्ष चिरन शर्मा, प्रवासी नेपाली एकता मंच युरोप संयोजक उमेश मोक्तान लगायतले शुभकामना मन्तव्य दिए । यसैगरी ग्लोबल एनआरएनए सचिव धर्मराज खतिवडा, पशुपति पोखरेल, बेदराम कडेल, बालकृष्ण भुषाल, प्रमोद निरौला ( अमेरिका ), डा. मुकुन्द बास्तोला लगायतले शुभकामना दिएका थिए ।

शुभद्रा ढकाल र इन्दिरा चामलिङको गजल तथा मुक्तकको बेजोड प्रस्तुतिले कार्यक्रमलाई अझ मनमोहक बनाएको थियो |

शाखाका कार्यवाहक अध्यक्ष केजीन राईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष राजकुमार थापा, महासचिव द्रोण रिजाल र सचिव शेरबहादुर परियारले शुभकामना मन्तव्य सहित संयुक्त रूपमा संचालन र स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *