नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन सम्पन्न, अर्याल अध्यक्षमा निर्वाचित |

लण्डन,   नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुन १३ तारिख पाचौं अधिवेशन शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा सम्पन्न भएको छ | उक्त अधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता र महासचिव रोशन पुरीको विशेष आतिथ्यतामा उद्घघाटन सत्र सञ्चालन भएको थियो । उक्त अधिवेशनबाट ध्रुवराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ |

नयाँ कार्यसमितिको अध्यक्षमा ध्रुबराज अर्यालले २६ मत, बरिस्ठ उपाध्यक्षमा दिनेश कुमार परियारले ३२ मत र महासचिबमा नरेन्द्र कुमार बस्नेतले २७ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको  छ | त्यसै गरि महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, खुला उपाध्यक्षतर्फ शिव भण्डारी, सचिव मञ्जु भण्डारी खरेल र कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम सहित सदस्यहरुमा गोमा राना, जयराम तामाङ, नगेन्द्रराज नेम्वाङ निर्विरोध निर्वाचित भएका छन्।

पाचौं अधिवेशनको उद्घाटन सत्रमा विभिन्‍न अतिथि वक्ताहरुले अधिवेशन सफलताको शुभकामना दिदै निर्वाचित हुने नयाँ कार्यसमितिलाई अग्रिम बधाई तथा शुभकामना दिएका थिए। उद्घाटन सत्रमा महासंघ बेलायत शाखाले बेलायतमा बसोबास गर्दै संचार क्षेत्रमा योगदान पुर्याउदै आउनुभएका पाँच अग्रज मिडियाकर्मीहरुलाई आइतबार सम्मान समेत गरेको छ।
सम्मानित हुनु हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र बरिष्ठ पत्रकार भगीरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्वप्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र सन् १९९० को दशकमा बेलायतबाट प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन्।

 पोस्टल भोटिङमा भएको धाँधलीको निष्पक्ष छानविन गर्न माग गर्दै पर्यो उजुरी   |

नेपाल प्रेस युनियन बेलायत सम्बद्ध लगायतका पत्रकारहरुले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै उजुरी गर्नु परेको जनाएका छन् । पिडितको तर्फबाट भन्दै गरिएको उजुरीमा निर्वाचन समितिका सदस्यहरुमाथि गम्भीर आरोप लगाइएको छ।

नेपाल पत्रकार महासंघ बेलायतको सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेको छ। नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष , महासचिब लगायत केन्द्रिय समितिलाइ समेत पठाईएको समेत युनियनका अध्यक्ष विपिन निरौलाले जानकारी गराएका छन् | नेपाल प्रेस युनियन बेलायत सम्बद्ध लगायतका पत्रकारहरुले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै उजुरी गर्नु परेको जनाएका छन् । पिडितको तर्फबाट भन्दै गरिएको उजुरीमा निर्वाचन समितिका सदस्यहरुमाथि गम्भीर आरोप लगाइएको छ।

उजुरीको पूर्णपाठ :

मिति : १३ जुन २०२१

श्री भगीरथ योगी
केन्द्रीय निर्वाचन प्रतिनिधि
नेपाल पत्रकार महासंघ बेलायत

निर्वाचन संयोजक तथा सदस्यहरु
नेपाल पत्रकार महासंघ बेलायत
निर्वाचन समिति २०२१

बिषय: पोस्टल भोटिङमा भएको धाँधलीको निष्पक्ष छानविन गर्न माग

महोदय,
नेपाल पत्रकार महासंघ बेलायत शाखाको पोस्टल भोटिङको विश्वानीयताका बारेमा नेपाल प्रेस युनियन युकेले प्रश्न उठाउदै आएको थियो । पत्रकार महासंघ बेलायत शाखाले गठन गरेको निर्वाचन समितिले जर्वजस्ति पोस्टल भोटिङमा लैजाने निर्णय गरेपछि गत मे ९ को कार्यसमितिको निर्णय विपरित भएको भन्दै युनियनले विज्ञप्ती निकाल्दै आपत्ति जनाएको सर्वविदितै छ ।
निर्वाचन समितिका सदस्यद्वय तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल र पुर्व अध्यक्ष चिरन शर्माले समितिको आचार संहिता उल्लघंन गरि उम्मेदवारलाई भोट माग्ने, धम्क्याउने गरेको उजुरी प्रेस युनियनका आवद्ध नेपाल पत्रकार महासंघ बेलायत शाखाका मतदाताले गरेका छन । बेलायतमै बस्नु पर्ने र उनीहरु सँगै मिलेर काम गर्नु पर्ने कारणले खुलेर बोल्न डराएको अवस्थामा निर्वाचन प्रक्रियामा भएका धाँधलीको बारेमा नेपाल पत्रकार महासंघ केन्द्रलाई जानकारी गराउन तथा निष्पक्ष छानविन गराउन यहाँहरुको ध्यानाकषर्ण गराउँछु ।
केन्द्रिय छानविन समिति गठन गरि निर्वाचन सदस्यद्वय पोखरेल र शर्माको कल डिटेल लिएर छानविनको दायरामा ल्याउँन माग गर्दछौ । विना छानविन मत गणना अघि बढाइएमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार यहाँहरु हुने चेतावनी दिन्छौ ।

भवदीय ,

पिडित मतदाताका तर्फबाट

विपिन निरौला
संस्थापक सदस्य तथा बर्तमान सल्लाहकार
अध्यक्ष, नेपाल प्रेस युनियन युके

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *