डेनमार्कबासी नेवा समुदायले मनाए नयाँ वर्ष संगै म्ह:पुजा |

नेदरल्याण्डस्  |     आज अक्टुबर २७ तारिखका दिन देश बिदेशमा रहेका नेपाली समुदायले नेपाल संवत् भव्यताका साथ मनाएका छन् | नेपाल संवत् ११४३ अनुसार नयाँ वर्षको पहिलो दिन प्रवासमा पनि भब्य रुपमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइएको हो |

सदा बर्षझैं आज पनि नेवा: गुथी डेनमार्कको आयोजनामा नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) कार्यक्रम भएको थियो | कार्यक्रममा संस्थाका अध्यक्ष श्री  राम महर्जनले सहभागी सबैलाई स्वागत गरेका थिए |

 

सबै सम्प्रदायहरूको आ-आफ्नो परम्परा अनुसार नेवारी समुदायको म्ह पूजालाई डेनमार्कबासी नेपालीहरुले सांस्कृतिक साँझको आयोजना गर्दै  हर्षोल्लासपूर्ण रुपमा मनाइएको डेनमार्कबाट संस्थाका संथापक शशि श्रेष्ठले जानकारी गराएका छन् | झन्डै ७० जना सहभागी रहेको कार्यक्रममा प्रत्येकका निम्ति मण्डप तयार गरिएको थियो |

संस्थापक श्रेष्ठले हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो गौरव मूलमन्त्रका साथ बिदेशी भूमि डेनमार्कमा बिगत दश बर्ष देखी मनाउदै आएको बताए | डेनमार्कमा रहेका संघसंस्थाहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा बालबालिकाहरु र महिलाहरुले हाकु र पटासीमा सजिएकाले कार्यक्रम थप सौन्दर्य भएको हुनाले सहभागीहरुले नेपालमै रहेको अनुभूति भएको समेत प्रतिक्रिया दिएका थिए | कार्यक्रममा नेवारी मिष्ठान्न भोजनको समेत व्यवस्था गरिएको थियो |

डेनमार्कमा नेवारी कला र संस्कृतिको प्रवर्धन र संरक्षणमा संस्थागत सक्रियता देखाउदै श्री राम महर्जन, श्री शशि श्रेष्ठ, श्री रवि श्रेष्ठ, श्री राजमान महर्जन, श्री गौरभ महर्जन, श्री बादल महर्जन, श्री  उज्वल महर्जन लगायत सम्पूर्णको सहभागितामा कार्यक्रम सफल भएको थियो | 

प्रवासमा रहेर गरिने यस्ता परम्परागत कला र संस्कृतिको प्रवर्धन र संरक्षणबाट दोश्रो पुस्ताका बालबालिकाहरुलाई समेत प्रेरणा मिल्ने हुँदा कार्यक्रम फलदायी हुने आयोजक संथाको धारणा रहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *